News Portal

आज भाइटीका, टिकाको उत्तम साईत बिहान ११: ३७ बजे

जनगर्जन संवाददाता२०८१ कार्तिक १८
१२० पटक

 

काठमाडौं । यमपञ्चकको आज पाँचौं दिन  भाइटीका दिदीबहिनीले दाजुभाइको लामो आयुको वर प्राथना गर्दै सप्तरंगी टीका लगाएर मनाउँदैछन् ।

प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका लगाउँने गर्दछन ।

आज टीकाको  उत्तम साइत ११ बजेर ३७ मिनेट लाई लिईएको छ ।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चांग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिएका छन ।

प्रतिकृया दिनुहोस्