News Portal

  • जनपत्रकार संगठनद्धारा बरिष्ठ पत्रकार पाण्डेको स्मृतिमा ‘स्मृतिग्रन्थ’ निकालिदै

    बसन्त विक २०८१ आश्विन १
    १६६ पटक

    काठमाठौ । जनपत्रकार संगठन नेपालले आफ्नो संगठनका सचिवालय सदस्य तथा वरिष्ठ पत्रकार सुदर्शनराज पाण्डेको स्मृतिमा ‘स्मृतिग्रन्थ’ निकाल्ने तयारी गरेको छ ।

    जनपत्रकार संगठन नेपालका केन्द्रीय सचिवालय सदस्य तथा सहिद परिवार समेत रहेका वरिष्ठ पत्रकार पाण्डेको गत भाद्र २७ गते असामयिक निधन भएको थियो ।

    उनी आफ्नै पुर्खेयौली घर बाराको जितपुर सिमरा उप–महानगरपालिका वडा नम्वर १५ मा भाद्र १३ गते एक्कासी विरामी भएका थिए ।
    उनलाई तुरुन्त भाद्र १४ गते काठमाडौ त्रिवि शिक्षक अस्पताल ल्याएर उपचार गर्दा जापानी इन्सेफलाटिस भएको अस्पतालले जनाएको थियो ।

    वरिष्ठ पत्रकार पाण्डेको त्रिवि शिक्षक अस्पताल महाराजगंजमै उपचारकाका क्रममा भाद्र २७ गते निधन भएको थियो ।

    पाण्डेको स्मृतिमा उनले समाज परिवर्तनको आन्दोलन र पत्रकारिताको आन्दोलनमा पुर्याएको योगदानका वारे चर्चा गर्दै स्मृतिग्रन्थ निकाल्ने जनपत्रकार संगठन नेपालले तयारी गरेको हो ।
    जनपत्रकार संगठन नेपालले उनी करिव ४० बर्षदेखि उत्थान साप्ताहिक पत्रिकामा काम गर्दै आएको र सबै पुराना पत्रकारहरुलाई चिन्ने व्यक्ति भएको दाबी गरेको छ ।

    वरिष्ठ पत्रकार पाण्डेले लामो समय सम्म कलम चलाउदा उनका लेख,रचना र उनीसंग सहकार्य गरेका पत्रकार तथा घर परिवारका सदस्यहरुका भनाई लगायतको सामग्री संकलन गरी केही समय भित्रै स्मृतिग्रन्थ प्रकाशित गर्ने जनाएको छ ।

    संगठनका अध्यक्ष शेरबहादुर विश्वकर्माले मंगलवार वरिष्ठ पत्रकार पाण्डेको श्रद्धाञ्जली कार्यक्रममा यस्तो जानकारी गरेका थिए । उनले पत्रकार पाण्डेकावारे जाने बुझेका कुरा लेख्न र दिन पनि अनुरोध गरे ।

    प्रतिकृया दिनुहोस्