News Portal

  • जनयुद्ध लाई बचाउन चौधरी समुदायहरुको महत्त्वपूर्ण भुमिका छ :- विप्लव सी

    विष्णु विश्वकर्मा२०८१ आश्विन ५
    २८४ पटक

    कपिलवस्तु । समाजवादी थारु मुक्ति मोर्चा नेपालको दोस्रो राष्ट्रिय भेला कपिलवस्तु जिल्ला शिवनगर ९   शनिबार नेकपाका महासचिव बिप्लव सीको प्रमुख आथित्यतामा केन्द्रिय कार्यालयमा सम्पन्न भएको छ ।

    कार्यक्रममा विशेष अतिथि नेकपा स्थायी कमिटी सदस्य सन्तोष सी, अतिथिहरुमा पिबिएम बिजय सी, पिबिएम बिनोद सी, केन्द्रिय सदस्य सुशिल सी,  सगम सी, सी गार्मेन्त इन्चार्ज संगम सी, केन्द्रिय सदस्य हेमन्त सी, युबा संगठन नेपालका उपाध्यक्ष विश्लेषण सी, केन्द्रिय सदस्य सुश्मा सी, पाबेल सी, अडिग सी, बिभुत सी, माधुरी सी, शान्त सी, दिपक सी, सङीन सी, विमर्श सी, लगायतका बिभिन्न व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

    उक्त राष्ट्रिय भेलालाई सम्बोधन गर्दै महासचिव बिप्लव सीले   जनयुद्ध कालमा अर्थात जतिबेला हामी भुमिगत अबस्थामा थियौ त्यतिबेला नेकपालाई बचाउन चौधरी समुदायहरुको महत्त्वपूर्ण भुमिका रहेको बताएका छन।  सरकार पक्ष र विपक्ष बिच समाजवाद ल्याउनको लागि गरिएको १० वर्षे जनयुद्धकालमा लुम्बिनी तथा मधेश प्रदेशमा रहेका चौधरी समुदायले लालकिल्लाको रुपमा रहेर हाम्रो अभियानलाई सहयोग गरेका हुन। हामिलाई त्यो आपतकालिन अबस्थामा ठूलो सहयोग गरेको हो । त्यो बेलाको उनिहरुको सहयोग नै हाम्रो समाजवाद ल्याउने लक्ष्यको छडी तराई मधेशको चौधरी समुदाय बनेको बताएका छन ।

    उनले भने, अब हामी सबै मिलेर समाजवादी मुक्ति मोर्चा निर्माण गर्नुपर्छ । उक्त कदमीपहलको लागि  तपाईं हामी अब एकजुट भएर लाग्नुपर्ने बताएका छन ।

    अहिले नेपालमा दलाल पुजीवादले गर्दा घुसखोरी, भष्टाचार  मौलाईरहेको छ ।  दलाल पुजीबादको जालोलाई उखेल्न अब तपाईं हामी सबै मिलेर लाग्नुपर्ने बताएका छन । उनले भने जबसम्म हाम्रा मान्छेहरु माथिल्लो निर्णायक तहसम्म  पुग्दैनन तबसम्म हामि शाषकहरुको गुलामी नै बन्ने हो ।उनिहरुको पद्धतिलाई नै मान्ने हो ।हामिले हाम्रो पद्धति ल्याउनको लागि पहिलो प्राथमिकता शिक्षालाई दिनुपर्छ । जबसम्म हामी शिक्षित  हुदैनौ हाम्रो चेतनास्तर बढाउदैनौ तबसम्म हामी उनिहरुको दासी बन्ने हो यो कुरा नेकपालाई सहय हुदैन त्यसका लागि अब हामी आजैबाट हाम्रो चेतनास्तरलाई बढाउनुपर्छ । शिक्षामा पहुच बढाउनुपर्छ राज्यका हरेक निकायमा हाम्रो उपस्थिति  राख्नुपर्छ ।

    उनले भने,यो शाषकहरुको ब्यवस्थालाई हामिले उखेल्ने आट गर्नुपर्छ । अब  हाम्रा उत्पादनहरुमा हामि आफै मालिक बन्नुपर्छ । अहिले हामी दासी दलाल शाषकहरु मालिक बनेका छन यस्तो अबस्थालाई चिरेर अब हामी मालिक बन्ने आट  गर्नुपर्छ । तबसम्म हामिले आफ्नो हक अधिकार लिनलाई संघर्ष गर्नुनै पर्छ ।त्यसका लागी नेकपा सधैब चौधरी समुदायको साथमा छ जस्तो परिस्थिति आए पनि कहिल्यै साथ नछाड्ने र चौधरी समुदायको हकहितको लागि नेकपा लागिपर्ने बताएका छन ।

    त्यस्तै अर्का वक्ता युबा संगठन नेपालका उपाध्यक्ष विश्लेषण सी यो देशमा सबैभन्दा थारुहरुको जनसंख्या भएको क्षेत्र तराई हो। यहि क्षेत्रमा बसोबास गर्ने थारुहरुको जनजिवन कस्तो छ, राज्य पक्षले थारुहरुलाई दिने सेवा सुबिधा कस्तो छ यो विषयमा हामि सबैले आवाज उठाउन आबश्यक रहेको  र अबको नेतृत्व भनेको थारु समुदायले नै लिनुपर्ने समेत बताएका छन ।

    किसान संगठनका सचिव बिरकुश सी हामिले हाम्रा समस्याहरु आफै उठान गर्नुपर्छ । आफ्नो हकहितको लागि हामिले आवाज बुलन्द नगरे कसले गरिदिन्छ त्यसका लागि हामि सबै मिलेर लाग्ने बताए ।

    त्यस्तै पार्टीको पिबिएम मधेश मोर्चा ईन्चार्ज बिनोद सी नेकपाले सबैलाई एउटै डोरीमा बाधेर एकजुट बनाएको छ ।  त्यो डोरीलाई समाएर अब आउने टिमले दलाल पुजीवादीहरुको विरुद्ध आवाज उठाई आफ्नो हकहित सुनिश्चित गर्न आबश्यक रहेको बताए । दलाल पुजीवादीहरुले   थारु जातिहरुलाई बिकास गरेको देख्न चाहान्न जसका कारण  थारुहरु अन्यायमा परेका छन अब सम्पुर्ण थारुहरु एकजुट भएर शान्तिपुर्ण आन्दोलनमा आधि हुरी बनेर आउन समेत  आग्रह गरेका छन।

    उक्त राष्ट्रिय भेलाले नाथु थारुको अध्यक्षतामा २५ सदस्यीय  कमिटी निर्माण गरेको छ । उपाध्यक्षमा धनबहादुर थारु, महासचिव,सिताराम थारु, सचीव गणेश थारु, कोषाध्यक्ष कामना थारु त्यस्तै सदस्यहरुमा  राजाराम राना थारु, हिक्मत चौधरी ओमी राना थारु  सीताराम थारु, अर्जुन थारु, शेरा थारु ,कामना थारु, टक बहादुर थारु, अशोक थारु, आस्मा थारु, चुल्हवा थारु,, तुल्सिराम थारु, अशोक थारु,-गणेश थारु, छेदी थारु, रानु थारु ,नाथु थारु, जसवन्ट थारु, चन्दन थारु,हरिकला थारु, धन बहादुर मर्दानिया थारु सहि २ सदस्य पछि थप्ने गरि  सम्पन्न गरेको छ ।

    सुनिल सीको अध्यक्षतामा भएको सो कार्यक्रम मर्धनिय सीको स्वागत , समाजवादी थारु मोर्चा नेपालका महासचिव नबिन सीको सन्चालनमा  सम्पन्न उक्त भेला कार्यक्रममा सामना परिवार र स्थानीय थारु सस्कृतिको दमदार प्रस्तुती रहेको थियो  । कार्यक्रम  स्थानीय  चौधरी समुदायको  झाकी सहित सम्पन्न भएको थियो ।

    प्रतिकृया दिनुहोस्