News Portal

लमजुङका डाक्टरसँग लगनगाँठो कस्दै चर्चित गायिका मेलिना राई

जनगर्जन संवाददाता२०८१ माघ ३
४१ पटक

काठमाडौ । चर्चित गायिका मेलिना राई विवाह बन्धनमा बाधिँने भएकी छन् । उनले हालै लमजुङका ध्रुव गुरुङसँग इन्गेजमेन्ट गरेकी छन् ।

पेशाले डाक्टर रहेका ध्रुवसँग मेलिनाको इन्गेजमेन्ट भएको तस्बीरहरु सामाजिक सञ्जालभर फैलिएका छन् । उनीहरुको बिहे भोलि शुक्रबार हुँदै छ। काठमाडौँ गोकर्णेश्वरको एक रिसोर्टमा विवाह समारोह राखिएको उनको पारिवारिक स्रोतले जनाएको छ ।

०७९ साउनमा प्रेमी सञ्जीव बराइलीसँगको इन्गेजमेन्ट तोडेकी मेलिना चर्चित गायिका हुन् । मेलिनको स्वरमा रैँया चाँदीको, कम्मरमाथि पटुकी, पटुकीमाथि घैला, शीरैमा शीरबन्दी, तिमीले बाटो फेर्‍यौ अरे, कुटुमा कुटु सुपारी दाना, जेल पनि सहुँला लगायतका गीतहरु चर्चित छन् ।

प्रतिकृया दिनुहोस्