News Portal

  • सहकारी ठगी गरेर फरार देवकुमार नेपाली भारतबाट पक्राउ, नेपाल ल्याईदै

    जनगर्जन संवाददाता२०८१ आश्विन ११
    ९९ पटक

    कपिलवस्तु । सहकारी बचतकर्ताहरुकोको रकम अपचलन गरी फरार रहेका इमेज बचत तथा ऋण सहकारीका अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली भारतको नयाँ दिल्ली महात्मा गान्धी एयरपोर्टबाट पक्राउ परेका छन् ।

    फरार देव कुमार नेपालीलाई शुक्रबार नेपाल प्रहरीले नियन्त्रणमा लिएका हुन् । उनलाई खोज्न गत माघमा ‘रेड कर्नर नोटिस’ जारी गरिएको थियो । नेपाली दिल्लीमा रहेको सूचना भारतीय पक्षले नेपाल प्रहरीलाई जानकारी गराएको हो ।

    नेपाल प्रहरीले भारतस्थित नेपाली दूतावासमार्फत समन्वय गरेर उनलाई नेपाल ल्याउने प्रक्रिया सुरु गरेको छ ।

    सहकारी ठगीमा अध्यक्ष नेपालीसहित सञ्चालकविरुद्ध कास्कीका ५२४ र बागलुङका एक हजार ५४३ बचतकर्ताले गत वर्ष जेठमै उजुरी दिएका थिए।

    अहिले सहकारीका कार्यवहाक अध्यक्ष डोरबहादुर परियारसहित पाँच जना पुर्पक्षका लागि थुनामा छन्।

    एक जना धरौटीमा रिहा भएका थिए । सहकारीका बचतकर्ताको करिब दुई अर्ब बचत रकम हिनामिना गरी विसं २०८० जेठ ५ मा उनी बुर्तिबाङ बजारबाट सपरिवार फरार भएका थिए।

    प्रतिकृया दिनुहोस्