News Portal

पाथीभरा केबलकार विवादबारे काठमाडौमा पत्रकार सम्मेलन,प्रभावित क्षेत्रलाई सुलभ सेयर दिनुपर्छ:-योगेश भट्टराई

जनगर्जन संवाददाता२०८१ माघ १६
३५ पटक

काठमाडौ । नेकपा एमालेका सांसद योगेश भट्टराईले ताप्लेजुङको पाथीभरामा निर्माण हुन लागेको केबलकारको विवाद वार्ता र सहमतिबारे समाधान चाडै नै गर्नुपर्ने बताएका छन् ।

ताप्लेजुङबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदसमेत रहेका भट्टराईले बुधबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै वार्तामार्फत समाधान खोज्नुपर्ने बताएका हुन् । उनले निर्माण पक्षले केबलकारमा ७० वर्षभन्दा माथि र १० वर्षमुनिकालाई निशुल्क सेवा दिनुका साथै प्रभावित क्षेत्रका बासिन्दालाई सेयर दिनुपर्ने माग समेत राखेका छन् ।

यसै क्रममा उनले भने, “ताप्लेजुङका ७० वर्षभन्दा माथि जेष्ठ नागरिक र १० वर्षमुनिका बालबालिकालाई निशुल्क सेवा दिनुपर्ने मेरो प्रस्ताव छ । साथै, प्रभावित क्षेत्रलाई सुलभ सेयर दिनुपर्नेछ । केबलकार सेवामा ताप्लेजुङ बासिन्दालाई ५० प्रतिशत सहुलियत दिनुपर्छ ।”

नेकपा एमालेका सचिवसमेत रहेका भट्टराईले निर्माणाधीन पाथीभरा देवी (मुकुम्लुङ) केबलकारबारे १९ बुँदे धारणा सार्वजनिक गर्दै तनाव र सामाजिक सद्भाव बिथोल्ने कुनै पनि गतिविधि नहुने पनि उल्लेख गरेका छन् ।

भट्टराईले पाथीभरामा बन्ने केबलकारले कुनै धर्म, संस्कृति र आस्थालाई कमजोर नपार्ने दाबी पनि गरेका छन् । ‘केबलकार निर्माण गर्ने कम्पनीले प्रस्तुत गरेको डीपीआर र राज्यका निकायले स्वीकृत गरका परियोजना प्रस्ताव तथा वातावरणीय मूल्यांकन प्रतिवेदनका आधारमा हेर्दा केबलकारको संरचनाले कुनै पनि धर्म, संस्कृति र आस्थालाई कमजोर पार्ने देखिदैन,’ भट्टराईले भने, ‘अहिले यसमा असहमति जनाउनु भएका साथीहरुको के भनाइ छ भने कान्छीथाम भन्दा माथिबाट केबलकारको डब्बा जाने भयो, यो आस्थामाथि समस्या भयो। त्यो यर्थात होइन।’

पाथीभरा मुक्कुम्लुङ क्षेत्रको केबलकार निर्माण विरोधमा पहिचान पक्षधर र नो केबलकार पक्षधरले पूर्वका विभिन्न क्षेत्रमा अनिश्चितकालिन यातायात बन्द गरेका छन् । बन्दका कारण मंगलबार बिहानदेखि मेची राजमार्ग र ताप्लेजुङ, पाँचथर, इलाम लगायत तमोर करिडोर र तेह्रथुमका सबै यातायात सेवा ठप्प छन् । यसैगरी आन्दोलन धरले ग्लोबल आईएमई बैंक मा भएको बचत पनि निकाल्ने अभियान सुरु गरेका छन ।

शनिबार, पाथीभरा क्षेत्रको बालुडाँडामा प्रहरीको गोली लागेर नो केबलकार समूहका तीन जना गम्भीर घाइते भएका थिए। गोली चलाइएकाले शान्तिपूर्ण प्रदर्शन गर्ने समूहले अनिश्चितकालिन बन्दको आह्वान गर्न बाध्य भएको संघर्षरत पक्षले जनाएको छ ।

प्रतिकृया दिनुहोस्