News Portal

बाहिरै बसेर पुर्पक्ष गर्ने व्यवस्था होस,पीडितको बचत फिर्ता ल्याउन पहल गर्छु, : रवि लामिछाने

जनगर्जन संवाददाता२०८१ पौष २५
५३ पटक

पोखरा । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा कास्की जिल्ला अदालतमा प्रतिवादीहरूलाई आफ्ना कुरा राख्न समय आज पनि दिइएको छ । सो क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले पीडितको बचत फिर्ता ल्याउन पहल गर्ने आफ्नो बहसमा न्यायाधीश समक्ष बताएका छन् ।

उनले भने–’पीडितको बचत फिर्ता ल्याउन पहल गर्छु,। बाहिरै बसेर पुर्पक्ष गर्ने व्यवस्था होस् । गृहमन्त्री हुँदा पनि शक्ति दुरुपयोग गरिनँ । अब पनि दुरुपयोग गर्ने अवस्था छैन ।’तसर्थ मलाई बाहिरै बसेर सघाउन दिनुहोस भनेका छन ।

यसै क्रममा उनले भने अदालतमा हाजिर हुन आउँदा हरेक पल्ट रिपोर्ट लिएर आउँछु । नेपालमा भएका राजनीतिक दलमध्ये हाम्रो पार्टी रास्वपा जिम्मेवार पार्टी हो । हाम्रो पार्टीको ५५ पेजको प्रतिवेदनलाई संसदीय छानबिन समितिले पनि अङ्ग बनाएको छ’, उनले भनेका छन् ।

यो मुद्दाको आजै आदेश आउने सम्भावना रहेकोले सुरक्षा व्यवस्था निकै कडा गरिएको छ । प्रहरी र पत्रकार बाहेक सडकमा अन्य मानिसहरू देखिएका छैनन् । सुरक्षानिकायलाई निकै कडाई गरिएको छ ।

न्यायाधीश नीतिज राईको इजलासमा यही पुस १६ गतेदेखि उक्त मुद्दाका सात जना प्रतिवादीहरूको थुनछेक बहस ज गरेका छन ।

प्रतिकृया दिनुहोस्