News Portal

  • हामी आफ्नो उद्देश्यलाई पूरा गरेरै छाड्छौ :- प्रकाण्ड सी

    जनगर्जन संवाददाता२०८१ मंसिर ८
    ५४ पटक

    काठमाडौँ । ११ औं पार्टी पूनर्गठन दिवसको अवसरमा नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा बागमती प्रदेश इन्चार्ज प्रकाण्ड सीले आफ्नो लक्ष्य प्राप्तीको लागि सदैव तयार रहेको बताएका छन ।

    नेकपाले नेपाली समाजवादको विशेषतालाई स्थापना गरेरै छाड्ने र त्यसको नजिक नजिक आफुहरु आईसकेको बताएका छन । आज काठमाडौंको भृकुटीमण्डपमा आयोजित ११ औं पार्टी पूनर्गठन दिवसको अवसरमा उक्त कुरा बताएका हुन ।

    प्रवक्ता प्रकाण्ड सीले नेपाली जनता र देशले मुक्ति चाहेको ठोकुवा गर्दै दलाल पुँजीवादको अन्त्य र वैज्ञानिक समाजवादको स्थापना नेपाली जनताको चाहाना रहेको बताए । उनले जनताको यो चाहनालाई नेपाल कम्युनिस्ट पार्टीले जनताको इच्छा आशा र पार्टीको उदेश्यलाई पूरा गरेरै छोड्ने प्रतिबद्धता जाहेर गर्दै नेपाली क्रान्तिका नायक, जनताको विश्वास पात्र विप्लवको नेतृत्वमा नेपालमा दलाल पु्ँजीवादको अन्त्य गर्दै वैज्ञानिक समाजवाद स्थापना गरेरै छाड्ने ठोकुवा गरेका छन ।

    प्रतिकृया दिनुहोस्