News Portal

  • लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रम समुद्घाटन ,

    जनगर्जन संवाददाता२०८१ मंसिर १०
    ३९ पटक


    अन्तर्राष्ट्रिय नारा तथा “हामी सबैको प्रतिबद्दता : लैङ्गिक हिंसा अन्त्यको लागि एक्यबद्धता” भन्ने राष्ट्रिय नाराका साथ बि.सं. २०८१ साल (ई.सं.२०२४) सालको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको आयोजनामा आज मिति २०८१ मंसिर १० गते

    बिहान ०८:०० बजेको समयमा अभियानको समुद्घाटन अन्तर्गत जिल्ला प्रशासन कार्यालय,नेपाली सेना,नेपाल प्रहरी, सशस्त्रम प्रहरी,स्थानिय निकायहरु,बिभिन्न बिद्यालय तथा महिला,बालबालिका जेष्ठ नागरीकहरुको हक हित क्षेत्रमा क्रियाशिल विभिन्न सरकारी तथा गैह्र सरकारी संघ संस्थाहरुबाट

    पाल्नुभएका बिभिन्न ब्यक्तित्वहरु सहित जिल्ला प्रशासन कार्यालय तौलिहवाको कार्यालयबाट आन्दोलन चोक हुदै बहादुरगंज चोकबाट तौलेश्वतर मन्दिर परिषर गई कोणसभामा परिणत भएको थियो । सोही क्रममा कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्री विश्व प्रकाश अर्याल, कपिलवस्तु नगरपालिकाका नगर प्रमुख

    श्री सुदिप पौडेल लगायतका अतिथीहरुले शुभकामना मन्तब्य राख्नुभएको थियो भने अन्त्यमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक श्री निरन्जन दत्त भट्टको धन्यवाद ज्ञापन पश्चाात लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रमको पहिलो दिनको कार्यक्रम समापन भएको छ ।

    प्रतिकृया दिनुहोस्