२६ कार्तिक, सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी कर्णाली प्रदेश समितिले जाजरकोट,कालिकोट र सुर्खेत जिल्लामा हालै सडक दुर्घटनाबाट भएको मानवीय क्षतिप्रति पार्टी निकै दुखी तथा मर्माहित भएको जनाएको छ ।
नेकपाका कर्णाली प्रदेश समितिका इन्चार्ज सुशिल सीले सोमवार एक शोक वक्तव्य जारी गरी तीन जिल्लामा भएको छुट्टा– छुट्टै सडक दुर्घटनाले निम्त्याएको मानवीय क्षतिप्रति पार्टी निकै दुखी तथा मर्माहित भएको जनाएका हुन ।
नेकपाले कार्तिक २६ गते जाजरकोट जिल्ला भेरी नगरपालिकाबाट नेपालगन्ज जाँदै गर्दा कुदुमा फोर्स गाडी दुर्घटनामा १७ जना गम्भीर घाईते, कार्तिक २५ गते कालिकोट जिल्ला पलाता गाउँपालिका खिनबाट थिर्पु आउदै गरेको डबल क्याप गाडी दुर्घटना भएर ७ जनाको घटना स्थलमा मृत्यु र १२ जना गम्भीर घाइते र कार्तिक २३ गते सुर्खेत वीरेन्द्र नगरपालिका वडा १४ राता नाग्लामा फोर्स गाडी दुर्घटना हुँदा ४ जनाको घटना स्थलमा मृत्यु र ३० जना घाइते भएको घटनाप्रति पार्टी निकै दुखी तथा मर्माहित भएको शोक व्यक्तमा उल्लेख गरेको छ ।
नेकपाले कालिकोटको दुर्घटनामा पार्टीका जिल्ला समिति सचिवालय सदस्य पदम बम (प्रशान्त सी ) को मृत्यु भएकोमा पनि दुख व्यक्त गरेको छ ।
जारी शोक वक्तव्य मार्फत पार्टीका जिल्ला सदस्य प्रशान्त सी लगायत दुर्घटनामा मृत्यु हुने सबै नागरिकप्रति नेकपाले हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ ।
नेकपाले आफ्ना अभिभावक एवं सन्तान घुमाउदाको सर्वाधिक पीडाको क्षणमा रहनु भएका आफन्तजनप्रति गहिरो समवेदना प्रकट गर्दै दुर्घटनाका घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
पार्टीले पीडित परिवारहरुलाई उचित क्षतिर्पूिर्त उपलव्ध गराउन र शिघ्र उपचारको व्यवस्थापनका निम्ति राज्यका सम्बन्धित निकायहरुलाई विशेष अपिल गरेको छ ।
नेकपाले शोक वक्तव्यमा भनेको छ ‘राज्यद्वारा पिछडिएको क्षेत्र कर्णाली प्रदेशका जिल्लाहरुमा पटकपटक यस्ता खाले हुने दुर्घटनाले ठूलो मानवीय क्षेती हुने गरेको छ । सडकको स्तर उन्नति गर्ने तिर सरोकारवाला निकाय कसैको प्रभावकारी भूमिका देखिदैन । शिघ्र सडकको स्तर उन्नती गरि यस्ता अप्रिय घटनाहरुको न्यूनिकरण गराउन हाम्रो पार्टीले सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउदछ ।’ यी तीन वटै दुर्घटनामा ११ जना नागरिकको ज्यान गएको छ भने ५९ जना घाईते भएका छन ।
शोक वक्तव्यको पूर्णपाठ