News Portal

  • पक्राउ परे लगत्तै रातारात पोखरा लगियो बुद्ध एयरबाट

    जनगर्जन संवाददाता२०८१ आश्विन ७
    ८६ पटक

    कपिलवस्तु । सहकारी ठगी अभियोग लागेका गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक समितिका सदस्य सुर्यदर्शन सहकारीको बचत अपचलनसम्बन्धी विषयमा पक्राउ गरिएको स्रोतको भनाइ छ। छविलाल जोशीलाई आइतबार नै बुद्ध एयरको फ्लाइटबाट पोखरा पुर्‍याइएको हो ।

    सहकारी संस्थाका बचत अपचलनमा संसदीय विशेष छानबिन समितिले कारबाही सिफारिस गरेपछि पक्राउ परेका जोशीलाई आइतबार रातिनै पोखरा ल्याइएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी मोहन थापाले जानकारी दिएका छन ।

    प्रहरी उच्च स्रोतका अनुसार उनलाई जरूरी पक्राउ पुर्जी थमाएर पक्राउ गरिएको थियो। उनलाई सोमबार जिल्ला अदालत कास्कीमा उपस्थित गराउने भएको छ ।

    जोशीको घरबाट प्रहरीले सहकारीसम्बन्धी डाटा रहेको सफ्टवेयर पनि बरामद गरेको थियो। उनीसँग सहकारीसम्बन्धी संसदीय छानबिन समितिले सोधपुछसमेत गरेको थियो ।

    ग्यालेक्सी टेलिभिजन सञ्‍चालन गर्ने संस्था गोर्खा मिडियामा जोशीको ३५ प्रतिशत सेयर थियो। टेलिभिजन सञ्चालन भएको केही समयपछि उनले गोर्खा मिडिया छाडेका थिए। उनले छाडेपछि उक्त सेयर पनि अध्यक्ष जिबी राईकै नाममा रह्यो।

    संसदीय छानबिन समितिको प्रतिवेदनमा विभिन्न सहकारीबाट गोर्खा मिडियामा बचत रकम आएकोबारे आफू अनविज्ञ रहेको जोशीले बयान पनि दिएका थिए।

    गृहमन्त्री रमेश लेखकले आइतबार प्रहरी प्रधान कार्यालयलाई संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिएका थिए। उक्त निर्देशन दिएको केही समयमै जोशी पक्राउ परेका हुन्।

    यसैगरी सहकारीसम्बन्धी संसदीय छानबिन समितिले गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेलाई पनि कारबाही सिफारिस गरेको थियो।

    प्रतिकृया दिनुहोस्