News Portal

  • आमा सहित घर फर्कदै थिईन गाउपालिका उपाध्यक्ष भुपेन्द्रा अस्ताईन बाटैमा

    जनगर्जन संवाददाता२०८१ भाद्र २८
    ७३ पटक

    भदौ २८, काठमाडौँ । बागलुङको गलकोटमा शुक्रबार बिहान भएको जीप दुर्घटनामा परी रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्र बुढा उनकी आमा र वडा न २ का उपाध्यक्ष जस बहादुर सिर्पाईलीको मृत्यु भएको छ ।

    मध्यपहाडी लोकमार्गमा गाउँपालिकाको जीप दुर्घटना भएर तीन सय मिटर तल खस्दा उपाध्यक्ष भुपेन्द्रा बुढा र उनकी ६१ वर्षीया आमा गोपीमाया र जस बहादुर सीर्पाईलिको ज्यान गएको हो ।

    प्रहरीका अनुसार शुक्रबार बिहान पौने ९ बजे गलकोट नगरपालिका वडा नम्बर-२ स्थित भुँखानीमा रा १ झ २०० नम्बरको पिकअप सडकबाट ३ सय मिटर तल झरेर दुर्घटना भएको हो ।

    उक्त पिकपअप भ्यान काठमाडौंबाट रुकुम पूर्व गइरहेको थियो । दुर्घटनास्थलबाट प्रहरीले गाडी चालकलाई उद्धार गरेको छ । ती घाइतेलाई उपचारका लागि बागलुङ बजारस्थित धौलागिरि अस्पतालमा पठाइएको छ ।
    गाउँपालिका उपाध्यक्ष भुपेन्द्राले पाँच दिनअघि मात्रै आमालाई पशुपतिनाथको दर्शन गराएकी थिइन् । उनले बुवा बितेपछि एक्लै परेकी आमालाई काठमाडौं घुमाउन ल्याएकी थिइन् ।

    पशुपति परिसरस्थित बागमती नदी क्षेत्रमा उनले आमालाई घुमाएको भिडियो भुपेन्द्राले सामाजिक सञ्जालमा राखेकी छन् । त्यसैगरी उनले आमालाई वसन्तपुरसहितका स्थानमा पनि घुमाएकी थिइन् ।

    सात वर्षअघि नै बुवालाई गुमाएकी उनले आमा नै आफ्ना लागि सबथोक भएको बताउने गरेकी थिइन् ।

    पाँच दिनअघि उनले आमालाई पशुपतिनाथ क्षेत्रमा घुमाइरहेको भिडियोमा प्रशंसासहितको गीत पनि राखेकी थिइन् ।

    जसमा भनिएको थियो, ‘एक्लै धर्ती टेकायौ आमा, संसार देखायौ, आमा तिम्ले बोल्न सिकायौ, आमा चल्न सिकायौ…’

    भुपेन्द्राले फेसबुकमा राखेको पोस्टअनुसार उनी आमाको खुट्टामा समस्या थियो । उनले आमालाई उपचारका लागि अस्पतालमा पनि राखेकी थिइन् । उपचारपछि उनले आमालाई साथमै लिएर पालिका फर्किने क्रममा दुर्घटनामा परेकी हुन् ।

    प्रतिकृया दिनुहोस्