जनगर्जन संवाददाता२०८१ भाद्र २७

काठमाडौ । कास्कीको पोखरामा आफ्नै श्रीमतीलाई खुकुरी प्रहार गरी हत्या गर्ने एकजना पुरुष पक्राउ भएका छन् । पक्राउ पर्नेमा कास्की अन्नपूण गाउँपालिका १ नाैडाँडा घर भइ हाल पोखरा महानगरपालिका–८ बस्ने ४२ वर्षीय जहरसिंह कुँवर छन् । उनले आफ्नो श्रीमती ४० वर्षीया राधिका कुँवरलाई घाँटीमा र पेटमा धारिलो हतियार (खुकुरी) प्रहार गरि हत्या गरेका हुन ।
उनले आफ्नो श्रीमती धारिलो हतियार (खुकुरी) प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
सामान्य विवादको कारण श्रीमानको खुकुरी प्रहारबाट घाइते भएकी राधिकाको उपचारको क्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको कास्की प्रहरीका सूचना अधिकारी डिएसपी बसन्तकुमार शर्माले जानकारी दिए ।
खुकुरी प्रहार गर्ने जहरसिंहलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको डिएसपी शर्माले बताए ।