News Portal

  • बागलुङका कलाकार प्रकाश सपुतको चलचित्र ‘बसन्त’को शुभमुहुर्त

    विष्णु विश्वकर्मा२०८१ भाद्र २२
    १३० पटक

     

    बागलुङ । बागलुङका होनाहार युबा कलाकार सामाजिक परिवेशलाई मध्यनजर गरि आफ्नो कला गला प्रस्फुटन गराउने गायन र म्युजिक भिडियोहरुमासधै देखिने प्रकाश सपुत अब आफ्नै चलचित्रको पर्दामा छिट्टै देखिंने भएका छन । गायक प्रकाश सपुतको लेखन, निर्देशन र अभिनयमा निर्माण हुन लागेको चलचित्र ‘बसन्त’को शनिबार प्रसिद्ध सबैको आस्थावान बागलुङ कालीका मन्दिरमा शुभमुहुर्त गरिएको छ ।

    शनिबार एक कार्यक्रम मार्फत बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठ र प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले क्यामेरामा माला लगाएर चलचित्रको शुभ मुहुर्त गरेका छन । शुक्रबार हरितालिका तीजको अवसर पारेर सपुतले फेसबुकमार्फत चलचित्रको पोष्टर भने सार्वजनिक गरिसकेका छन ।

    प्रकाश सपुतको चर्चित गीतको बोल रहेको गलबन्दी प्रोडक्सनको प्रस्तुतीको रुपमा ‘बसन्त’ चलचित्र आएको हो । यो चलचित्रको धेरै जसो भागको छायांकन बागलुङमा हुनेछ । सपुतको जन्मगाउँ बागलुङको काठेखोला गाउँ पालिका धम्जामा यो चलचित्रको धेरै भाग छायांकन हुने छ भने यहाँका साँस्कृतिक प्रस्तुतीहरु पनि समावेश हुने निर्देशक तथा कलाकार प्रकाश सपुतले बताएका छन ।

    यसअघि गायकको छविमा रहेका सपुतले आफ्नै चलचित्र बनाउन लागेका हुन् । उनले यहाँको धम्जादेखि बागलुङ, पोखराहुँदै काठमाण्डौं सम्मको यात्रामा भेटेका, देखेका र भोगेका कथालाई उतारेर चलचित्र बनाएको बताएका छन । ‘चलचित्रमा यहाँको कालीका मन्दिरदेखि बजारका गल्लीका कथा पनि हुनेछन’ उनले भने, ‘चैतेदशै मेलादेखि बागलुङका यानीमाया, सोरठी, झाम्रे, सालैज्यो र घाँटु तथा लोकगीत तथा लोकदोहोरी पनि कथामा ल्याउने प्रयास गरिनेछ ।’ उनले साहित्य, गीत संगीत र सिर्जनाबाट समाज चित्रण गर्न लागेको बताए ।

    नगरप्रमुख बसन्तकुमार श्रेष्ठले चलचित्रको सफलताको शुभकमना दिए । कालीका भगवती गुठी व्यवस्थापन समितिका उपाध्यक्ष निशान खड्काले कलाकारलाई स्वागत गरे । आगामी चैत २२ गते प्रर्दशनका लागि मिति समेत तोकेर छायांकन शुरु भएको हो । कथा निर्देशक, लेखन र चलचित्रमा अभिनेताको रुपमा उनी स्वयं हुनेछन् भने कार्यकारी निर्मातामा मोहन विश्वकर्मा, अनुरोध भट्टराई र नाना थकाली छन् । सपुतका भाइ सुनिल बिक मुख्य सहनिर्देशकको भूमिकामा छन् ।

    चलचित्रमा कलाकार स्वस्तिमा खड्का अभिनेत्रीको रुपमा देखिनेछिन् । सपुतको बसन्त कथा भित्रकी शान्ति शर्माको भूमिकामा खड्का रहनेछिन् । खड्गबहादु पुन (खबपु)ले सत्यबहादुर मगर, सपुतले बसन्त बिक, शिभान्सी श्रीषले सपना बिक र प्रभात पाल ठकुरीले प्रेमआर क्षेत्रीको भूमिका गर्ने शुभमुहुर्तको समयमा कार्यकारी निर्देशक दिल श्रीषले जानकारी दिए । समाजमा रहेको विभेद र असमानताले दलीतलाई पिंधमा पार्दा शान्ति शर्माहरु पनि अप्ठ्यारोमा परिरहेको कथा देखाइने छ । प्रेमील र गुणी समाजलाई विभेदमा पार्दाको समस्या र नेपाली समाजका संस्कृतिहरुलाई संरक्षण गर्ने काममा चलचित्र बढी केन्द्रीत हुने उनले बताए ।

    कलाकारसहित प्रोडक्सन, प्राविधिक लगायतको झण्डै ५० जनाको टोली शुक्रबार राती बागलुङ आएको हो । शनिबार शुभमुहुर्त गरेर टोली छायांकन स्थल धम्जा पुगेको छ । त्यसअघि सपुत सहितका कलाकारको सम्मानमा कालीका भगवती गुठी र स्थानीयले भजनकृतनसहित शान्तिपदयात्रा गरेका थिए ।

    कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले चलचित्र निर्माण समूहलाई सुरक्षा व्यवस्थामा पनि साथ दिने प्रतिबद्धता जनाएका छन ।

    प्रतिकृया दिनुहोस्