News Portal

  • बागलुङको कुडुलेमा बाढीले बगाउँदा २ जनाको मृत्यु, एक जना बेपत्ता

    दिनेश विकल्प२०८१ भाद्र २१
    ४८ पटक

    बागलुङ । बिहीबार राती परेको भीषण वर्षासँगै बागलुङमा बाढीले बगाउँदा २ जनाको मृत्यु, एक जना बेपत्ता भएका छन ।

    बागलुङ नगरपालिका-४ कुँडुले हुँदै बग्ने ब्रान्द्रेखोलामा आएको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको हो । बाढीमा परी एक जना हराईरहेका छन् ।

    उक्त बाढीमा परी बानपा ४ कुँडुलदेखि मालिकातर्फ जाँदै गरेको ध२प ८०१० नम्बरको मोटरसाइकल र घ१प ९९९६ नम्बर को स्कुटरमा सवार बान्द्रे अढाईथर बस्ने २३ वर्षीय अर्जुन सापकोटा र २२ वर्षीय अविशेक रेग्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी विजय यादवले जानकारी दिनु भयो ।

    सापकोटा र रेग्मीको शव घटनास्थलबाट झण्डै १ सय मिटर तल फेला परेको यादवले बताउनु भयो ।

    शव पोष्टमार्टमको लागि धौलागिरि अस्पतालमा ल्याईएको छ । यस्तै, बाढीले बगाउँदा सोही स्थानका २० वर्षीय कमल सापकोटा बेपत्ता छन् ।

    बेपत्ता सापकोटाको खोजी कार्यमा प्रहरी निरीक्षक प्रताप पौडेल नेतृत्वको प्रहरी टोली घटनास्थलमा परिचालित भएको छ।

    बान्द्रेखोलामा आएको बाढीले मान्छे बगाएको खबर गरेलगत्तै प्रहरी घटनास्थलमा पुगेको थियो । बाढीले बगाएको स्कुटर सडक छेउमा फेला परेको छ भने मोटरसाइकलको खोजी भईरहेको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्