News Portal

  • सोलुखुम्बु बाढीमा फसेका ७ जनाको उद्वार

    जनगर्जन संवाददाता२०८१ साउन ३२
    १०७ पटक

    काठमाडौं । सोलुखुम्बुको पासाङल्हामू गाउँपालिका वडा– ५ थामेखोलामा आएको बाढीमा फसेका ७ जनाको उद्धार गरिएको छ । सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीका अनुसार नेपाली सेनाले बाढीमा फसेकाहरुको उद्धार गरेको हो ।

    ‘बाँकी मानवीय क्षतिबारे विवरण आएको छैन, हामी बुझ्दैछौं’, पाण्डेले भनिन् ।

    पाण्डेका अनुसार थामे गाउँमा पसेको थामेखोलाको बाढीले ३ वटा घर बगाएको छ भने केही घर अति जोखिममा छन् ।
    बाकी विवरण आउन अझै बाकी…..

    प्रतिकृया दिनुहोस्