News Portal

  • अनौठो प्रजातिको चरा मुस्ताङमा देखियो

    दिनेश विकल्प२०८१ साउन १६
    ९८ पटक

    काठमाडौं । हिमाली जिल्ला अन्तर्गत अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत पर्ने मुस्ताङमा नेपालका लागि नयाँ प्रजातिको चरा फेला परेको छ ।

    नेपाल पंक्षीविद् संघका अनुसार उक्त चरा समुद्री सतहबाट ३ हजार ४ सय ५० मिटर उचाइमा फेला परेको हो । योसँगै नेपालमा जम्मा चराको संख्या ८ सय ९६ पुगेको छ भने फ्लाइक्याचर प्रजातिको संख्या २४ पुगेको छ ।
    चराविद् सञ्जय श्रेष्ठ र शंकर तिवारीले मुस्ताङ पदयात्राका क्रममा तालुधर्से अर्जुनक चरा भेटेको र नेपालका लागि नयाँ प्रजाति भएको भनि संघले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    उक्त चराको अंग्रेजी नाम स्पोटेड फलाइक्याचर रहेको पनि संघले उल्लेख गरेको छ । पास्रिफर्म्स वर्गमा पर्ने उक्त चरा युरोपदेखि उत्तर तथा दक्षिण अफ्रिका, रसिया, चिन, मंगोलिया र एसियाली देश इरान, पाकिस्तान, अफगानिस्तान र भारतका केही ठाउँमा भेटिएको छ ।

    प्रतिकृया दिनुहोस्