News Portal

यातायात व्यवसायी र गण्डकी सरकारबीच सहमति पछि आन्दोलन फिर्ता

जनगर्जन संवाददाता२०८१ साउन १३
१६४ पटक

पोखरा । आज बिहान देखि भएको यातायात व्यावसायीहरुको आन्दोलन रोकिएको छ । गण्डकी प्रदेश सरकार र आन्दोलनरत यातायात व्यवसायीहरूबीच आईतवार साँझ सहमति भएको छ । सहमती भएसँगै व्यवसायीहरूले आन्दोलन फिर्ता लिएका हुन्स ।

प्रदेश सरकारले राइड सेयरिङलाई वैधता दिने गरी कार्यविधि बनाएपछि यातायात व्यवसायीहरू आन्दोलनमा उत्रिएका थिए । उनीहरुले आइतबार दिनभर सार्वजनिक यातायात सेवा अवरुद्ध पारेका थिए ।

आज दिउँसो भएको वार्तामा व्यवसायीहरूको मागका समबन्धमा अध्ययन गर्न प्राविधिक समिति गठन गर्ने सहमति भएको छ ।

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका उपसचिव प्रदीपकुमार रेग्मीको नेतृत्वमा बनेको समितिमा यातायात व्यवसायी र राइडर्स प्रतिनिधि समेत छन् । सो समितिले १५ दिनभित्र मुख्यमन्त्रीलाई सुझाव दिनेछ ।

प्रतिकृया दिनुहोस्