News Portal

  • नेपाल फर्किए १३ सय विद्यार्थी बङगलादेशबाट

    जनगर्जन २०८१ साउन ८
    २१८ पटक

    काठमाडौँ । अध्ययनका लागि बङगलादेश पुगेका १३ सय नेपाली विद्यार्थीहरु स्वदेश फर्किएका छन् ।

    सोमबार परराष्ट्र मन्त्रालयका अनुसार १२६ जना विद्यार्थी स्वदेश फर्किएका छन् । त्यसमध्ये ११४ जना विद्यार्थीहरु बंगलादेश, भारत हुँदै काँकडभिट्टा नाकाबाट नेपाल फर्किएका हुन ।

    बंगलादेशमा केही दिनयता आरक्षण कोटाविरुद्धको आन्दोलन चर्किएपछि नेपाली विद्यार्थीहरु स्वदेश फर्किने क्रम जारी छ । सो आन्दोलनका क्रममा बंगलादेशमा १ सय जनाभन्दा बढीको ज्यान गएको छ । 

    प्रतिकृया दिनुहोस्