News Portal

  • बागलुङ नगर खानेपानी कार्यालयमा युबा संघले गर्यो तालाबन्दी

    दिनेश विकल्प२०८१ साउन ३
    १८७ पटक

    बागलुङ । युवा संघ नेपाल जिल्ला कमिटी बागलुङले बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको कार्यालयमा आज तालाबन्दी गरेको छ ।

    संस्थालाई व्यक्तिगत स्वार्थको अड्डा बनाएको, आर्थिक मन्दीको चरम सिमामा देश गैरहेको बेला खानेपानी शुद्धीकरण नगरी वितरण गरेको र खानेपानीको न्यूनतम महशुल बढाएको भन्दै संघका अध्यक्ष बुद्ध बोहोराको टोलीले संस्थाका अध्यक्ष, सचिव र प्रबन्धकको कार्यकक्षामा तालाबन्दी गरेको हो ।

    युवा संघ बागलुङले संस्थाका समितिले महंगिको मारमा रहेका उपभोक्तालाई थप मार पारेर न्युनतम महशुल बृद्धि गरेको, फोहोर पानी धारामा पठाएको, अघिल्लो आर्थिक बर्षको व्ययभार चालु आर्थिक बर्षमा ल्याएको र जिम्मेबार व्यक्तिहरुबाटनै मिटर बिना पानीको प्रयोग गर्ने गरेको लगायतका आरोप लगाउँदै तालावन्दी गरेको हो ।

    संघका अध्यक्ष बोहोराले हस्ताक्षर गरेको ज्ञापनपत्रमा संस्थाका जिम्मेबार पदाधिकारी आफैले आफ्नो घरको मिटर वर्षौदेखि झिकेर विना मिटर पानीको दुरुपयोग गरेको, विभिन्न शिर्षकमा पेश्की लिएर त्यसको गत आर्थिक वर्षभित्र फछ्र्यौट नगरी झनै थप्ने काम गरेको र समितिले संस्थालाई आम जनसरोकार र उपभोक्तामैत्री बनाउने भन्दा समग्रमा तहसनहस पार्ने प्रबृत्ति देखाएकोले त्यसका विरुद्धमा सचेत गराउन तालाबन्दी गर्न बाध्य भएको उल्लेख छ ।

    युवा संघले उपभोक्ता हितको लागि तालाबन्दी गरेकाले आफ्ना माग सम्बोधन नगरी कुनैपनि कृयाकलाप गरे जस्तोसुकै कदम चाल्न बाध्यहुने अध्यक्ष बुद्ध बोहराले बताएका छन । नियमित खानेपानी उपलव्धताका लागि प्राबिधिक र अन्य कर्मचारीको कार्यकक्षमा भने ताला नलगाएको उनले बताए ।

    प्रतिकृया दिनुहोस्