News Portal

म्याग्दीको ताकममा पहिरोले पुरिदा २ को मृत्यु

दिनेश विकल्प२०८१ आषाढ २९
२७५ पटक

काठमाडौ । म्याग्दीको धौलागिरि गाउँपालिका–७ ताकममा आज राती गएको पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ ।

उक्त पहिरोमा घर पुरिँदा तुलप्रसाद न्यौपाने र उहाँकी श्रीमती बालकुमारी न्यौपानेको मृत्यु भएको ताकम प्रहरीचौकीका प्रहरी सहायक निरीक्षक रमेशप्रसाद अधिकारीले जानकारी दिएका छन ।

निरन्तरको झरीका कारण म्याग्दी, राहुघाट र कालीगण्डकी नदीमा पानीको सतह बढेको छ ।

जल तथा मौसम विज्ञान विभागले म्याग्दी नदीको सतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरेको छ ।

प्रतिकृया दिनुहोस्