News Portal

  • मध्यरातमा जलमग्न बागलुङ बजार, घर तथा पसलमा क्षति

    दिनेश विकल्प२०८१ आषाढ २८
    १२० पटक

    बागलुङ । भारी वर्षाका कारण बागलुङ बजार मध्यरातमा जलमग्न भएको छ । मध्यपहाडी पुष्पलाल लोकमार्गबाट आएको भेल बागलुङ बजारमा पसेको थियो ।

    बागलुङ बजारको श्रीनगर टोलदेखि हल्लनचोक सम्मको सडक जलमग्न भएको थियो भने, सडरबाट पानी छिरेर पसल तथा गोदाममा समेत क्षति पु¥याएको छ ।


    मध्यरातमा बाढी तर्काउन नेपाल प्रहरी, नेपाली सेना समेत परिचालन गरिएपनि क्षति घटाउन नसकिएको हो । बागलुङ नगरपालिकाको विपद् व्यवस्थापन शाखाले मध्यरातमा भल तर्काउने र ठुबान भएका पसलमा कम क्षति पु¥याउने कार्य गरेको थियो ।

    पञ्चकोट देखिको भेल बागलुङ बजारले थेग्न नसकेको स्थानीय भरत पुरीले जानकारी दिनुभयो । सिरनगर टोल माथी देखि सेनाको व्यारेक सम्म भल तर्काउन निर्माण गरेको ठूलो नाली ग्ग्रानका कारण बन्द भएपछि उक्त भल बगेर बागलुङ बजार आएको हो ।

    प्रतिकृया दिनुहोस्