News Portal

हिजो देखिको वर्षाको कारण तनहुँको शुक्लागण्डकीमा पहिरोमा परी ३ बेपत्ता

जनगर्जन शनिबार ,असार २१,२०८१
३३५ पटक

काठमाडौ । तनहुँको शुक्लागण्डकी नगरपालिका-७ काउरेमा गएको पहिरोमा पुरिएर ३ जना बेपत्ता भएका छन् । पहिरोमा पर्नेहरु स्थानीय ४० वर्षीय हिरा नेपाली, ३६ वर्षीया अनिशा बास्तोला र ६५ वर्षीय श्याम भण्डारी बेपत्ता भएका हुन् ।

हिजो देखि परेको अविरल वर्षाको कारण आज बिहान सोना नेपालीको घर पहिरोमा परेको थियो । पहिरोमा परेकालाई उद्धार र सहयोग गर्न भन्दै छिमेकी अनिशा र श्याम पुगेका र उनीहरुले पहिरो पन्छाउँदै गर्दा सँगै रहेको हिरा नेपालीको घरमा फेरि खसेको पहिरोमा उनीहरु परेका प्रहरीले जनाएको छ ।

तनहुँ प्रहरीका सूचना अधिकारी डिएसपी दीपककुमार रायका अनुसार बेपत्ताको खोजी भइरहेको छ ।

प्रतिकृया दिनुहोस्