News Portal

  • निर्माणाधीन जलविद्युत् आयोजनाको ढलान खस्यो , दुई कामदार पुरिए १० जना घाइते

    जनगर्जन शनिबार ,असार २१,२०८१
    ९४ पटक

    काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ स्थित रहेको निर्माणाधीन भोटेकोशी जलविद्युत् आयोजनाको ढलान खस्दा दुई कामदार पुरिएका छन् भने१० जना घाइते भएका छन् ।

    जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका एसपी सन्तोष खडकाका अनुसार, ड्यामतर्फ पानी जाने पट्टीको ढलान एक्कासी खस्दा १० जना घाइते भएका हुन् । दुई जनालाई निकाल्ने प्रयास भइरहेको छ ।

    घाइते १० जनाको बाह्रबिशेस्थित प्राथमिक अस्पतालमा उपचार भइरहेको छ । गम्भीर अवस्था भएकाहरूलाई धुलिखेल वा काठमाडौं पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्