News Portal

  • असार १५ नेकपाका प्रवक्ता ‘प्रकाण्ड सी’ पार्टीको श्रम कार्यमा व्यस्त

    लगभग २००० क्षमताको  लोकल कुखुरा पालन गर्ने गरि पोल्टी फार्मको संरचना निर्माण गरिएको र उक्त पोल्टी फार्ममा एक हप्ताभित्रमा ८००-१००० कुखुरा बाट व्यबसाय सुरु गरिने

    विष्णु विश्वकर्माबिहिवार ,असार १५,२०८१
    २२३ पटक

    काठमाडौ । असार १५ जताततै रोपाईको लहर चलिरहेको बेला नेकपाका स्थायी कमिटी सदस्य तथा पार्टी प्रवत्ता प्रकाण्ड सी पार्टीको फरक कार्यमा जुटिरहेका छन ।

    नेकपा केन्द्रिय कार्यालय तथा बागमती प्रदेशको आयोजनामा पार्टीको आर्थिक निति अनुसार कृषि र उत्पादनलाई जोड दिदै आज काठमाडौ को काभ्रेस्थलीमा नेकपा स्थायी कमिटी सदस्य तथा पार्टी प्रवत्ता प्रकाण्डको प्रमुख उपस्थितिमा पोल्टी फार्म निर्माण गरिएको छ ।

    नेकपा बागमती प्रदेशले  जग्गा भाडामा लिएर लगभग २००० क्षमताको  लोकल कुखुरा पालन गर्ने गरि पोल्टी फार्मको संरचना निर्माण गरिएको र उक्त पोल्टी फार्ममा एक हप्ताभित्रमा ८००-१००० कुखुरा बाट व्यबसाय सुरु गरिने जानकारी पार्टी प्रवत्ता प्रकाण्ड सी ले जनगर्जन डटकमलाई जानकारी दिएका छन । उक्त श्रम कार्यमा पार्टी प्रवक्ता प्रत्यक्ष रुपमा फिल्डमा खटिएर काम गरेका छन ।

    देशकै मुख्य राजधानी अथवा मुख्य केन्द्रबिन्दु, बजार र यातायातको सहज र सरल पहुँच  हुने हुनाले र लोकल कुखुरा पालनको लागि उपयुक्त स्थान भएको हुँदा फार्म यहाँ सन्चालनमा ल्याउन लागेको पार्टी प्रवक्ताले बताए ।

    यो कार्य समाप्ती  संगै  १००० क्षमता बराबरको नयाँ पोल्टी फार्म पुन निर्माण गरिने छ ।

    उक्त पोल्टी फार्म निर्माणकार्यमा ३०-३५ जनाको प्रत्यक्ष सहभागिता रहेको थियो । लगभग दुई घण्टाको श्रम कार्यमा नेकपा काठमाडौका जिल्ला सचिव चिरञ्जीवी सी,  अखिल समाजवादीका अध्यक्ष नरेन्द्र सी, श्रमिक मोर्चाका अध्यक्ष रामलाल सी, युवा संगठन नेपालका अध्यक्ष दिनेश सी को टिम सहित स्थानीय जनताको सहकार्य तथा महत्वपूर्ण उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्