News Portal

बागलुङको गलकोटमा पहिरोले घर पुरिदा बृद्ध दम्पत्ती बेपत्ता

शनिबार विहान ३ बजे परेको अविरल वर्षाको कारण घरमाथीबाट आएको पहिरोले पुरिदा घरसहित ५५ वर्षीय प्रेम विक र उहाँकी श्रीमती ५० वर्षीया बसन्ती विक पुरिएको छन ।

जनगर्जन संवाददाताबिहिवार ,असार १५,२०८१
२५७ पटक

बागलुङ । बागलुङ जिल्ला गलकोट नगरपालिका–८ काँडेवासमा आज बिहान पहिरोले घर पुरिदा एक बृद्ध दम्पत्ति बेपत्ता भएका छन् ।

शनिबार विहान ३ बजे परेको अविरल वर्षाको कारण घरमाथीबाट आएको पहिरोले पुरिदा घरसहित ५५ वर्षीय प्रेम विक र उहाँकी श्रीमती ५० वर्षीया बसन्ती विक पुरिएको छन ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक ऋषिराम कंडेलले दिएको जानकारी अनुसार करिब ३ सय मिटर माथिबाट आएको पहिरोले विकको घरसहित दम्पती पुरिएको बताए । घटनास्थलमा प्रहरी पुगेर खोजीकार्य सुरु गरेको प्रहरी उपरीक्षक कंडेलले बताए । घटनाको थप विवरण आउन बाँकी छ ।

त्यस्तै पहिरोको कारण मध्यपहाडी लोकमार्ग र कालिगण्डकी कोरिडोरको बागलुङ खण्ड अवरुद्ध भएका छन् । भीषण बर्षापछि सडकमा गग्रान जम्मा भएर सडक अबरुद्ध भएको हो । कालिगण्डकी करिडोर र बागलुङ कुश्मीशेरा सडकको दव्ल्याङमा पहिरो खस्दा दुवै सडक अबरुद्ध छन् ।

प्रतिकृया दिनुहोस्