News Portal

  • भक्तपुरमा गाडीले ठक्कर दिंदा बागलुङका एक पुरुषको मृत्यु

    जनगर्जन संवाददाता२०८१ आषाढ १०
    ९६ पटक

    भक्तपुर । भक्तपुरमा गाडीले ठक्कर दिंदा बागलुङ जिल्ला गलकाेट नगरपालिका का एक पुरुषको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा बागलुङ जिल्ला गल्कोट नगरपालिका-१० का ३५ वर्षीय मनबहादुर घर्ती रहेका छन् । घर्तीलाई शुक्रबार राति सवा ९ बजे भक्तपुर नगरपालिका-१ घलातेमा सल्लाघारीबाट सूर्यविनायकतर्फ आउँदै गरेको बा१३च २२६५ नम्बरको सुमोले ठक्कर दिएको थियो ।
    गाडीको ठक्करबाट गम्भीर घाइते भएका घर्तीको उपचारका क्रममा राति नै भक्तपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

    प्रहरीले गाडीका चालक काभ्रेको धुलिखेल-९ का ५४ वर्षीय मधुकर केसीलाई नियन्त्रणमा लिएको छ ।

    प्रतिकृया दिनुहोस्