News Portal

  • नेपालमा साम्राज्यवादको बिगबिगी छ:-प्रकाण्ड

    विष्णु विश्वकर्मा२०८१ आषाढ ९
    २०० पटक

    काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सी.ले पाँच जबस संगठनको अन्तर्कृया कार्यक्रममा नेपालमा साम्राज्यवादको बिगबिगी रहेको बताएका छन । पार्टी निकट संगठन र मोर्चाहरुको संयुक्त छलफल कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो ।

    बागमती प्रदेश स्तरीय ५ वटा जनवर्गीय संगठन र जातीय मोर्चाको संयुक्त कार्यक्रममा बोल्दै नेताकार्यकर्ताहरुलाई परिवर्तनका निम्ति फौजी अनुशासनमा रहेर जनताको सेवा गर्न निर्देशन समेत उहाँले दिनुभएको छ ।

    माक्सवाद भनेको जीवन हो ।जनताको आवाजलाई बुलन्द गर्ने हो। माक्सवाद भनेको गफ होइन । देश अहिले दलाल र पुजीवादीहरुको फन्दामा छ तसर्थ हामिले हाम्रो दृष्टिकोण फराकिलो बनाउनुपर्दछ,आफ्नो मिसनमा प्रतिबद्ध रहनुपर्छ र कम्युनिस्ट पार्टी भनेको एउटा फौजी हो दलाल पुजीवादी हरुलाई समाजबादमा परिणत गर्नका लागि फौजिको जस्तो स्पीड बनाएर अगाडि बढ्नुपर्छ ।

    व्यवस्था परिवर्तन र राष्ट्रियताका निम्ति अझ उचाइबाट सहकार्य र संघर्ष गर्नुपर्नेमा उहाँले स्पष्ट पार्नुभयो । कम्युनिस्ट, गणतन्त्रवादी, इमानदार, देशभक्त र प्रगतिशील शक्तिहरुसंग सहकार्य गर्न घेरा फराकिलो बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । देशमा डरलाग्दो पलायनता र साम्राज्यवादको नाङ्गो हस्तक्षेप बढेको हुँदा नेकपाका नेताकार्यकर्ताहरुले विशेष भूमिका निर्वाह गर्नुपर्नेमा उहाँले विशेष जोड दिनुभयो ।


    श्रमिक समुदाय मोर्चा नेपालका केन्द्रीय अध्यक्ष रामलाल सी, केन्द्रीय कार्यालय सदस्य तथा बागमती प्रदेश इन्चार्ज पदम सी, युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष दिनेश सी, उपाध्यक्ष तथा बागमती प्रदेश इन्चार्ज विश्लेषण सी.ले कार्यक्रममा मन्तव्य राख्नु भएको छ ।


    त्यसैगरी अखिल (समाजवादी) का केन्द्रीय अध्यक्ष नरेन्द्र सी, उपाध्यक्ष तथा बागमती प्रदेश इन्चार्ज ललित सी, महासचिव प्रकाश सी, उत्पादन तथा आइटी विभाग प्रमुख कपिल सी, अखिल नेपाल महिला संघ (क्रान्तिकारी)का केन्द्रीय महासचिव राजकुमारी सी, केन्द्रीय सदस्य मीना सी, समाजवादी ट्रेड युनियनका केन्द्रीय सह-इन्चार्ज जीवन्त सी, केन्द्रीय अध्यक्ष टेक सी, उपाध्यक्ष नारायण सी लगायतले कार्यक्रममा मन्तव्य राख्नुभएको छ ।

    बागमती प्रदेश समिति स्तरीय युवा संगठन नेपाल, अखिल (समाजवादी) अखिल नेपाल महिला संघ (क्रान्तिकारी), समाजवादी ट्रेड युनियन र श्रमिक समुदाय मोर्चाहरुका नेताकार्यकर्ताहरु कार्यक्रममा सहभागी भएका छन् । अनेम संघ (क्रान्तिकारी) का केन्द्रीय उपाध्यक्ष भृकुटी सी.को सहजीकरणमा काठमाडौंको सेन्ट्रल कलेजमा कार्यक्रम सम्पन्न भएको छ ।

    प्रतिकृया दिनुहोस्