News Portal

  • वागमती सहित चारवटा प्रदेशमा बिहानैदेखि वर्षा

    जनगर्जन संवाददाता२०८१ आषाढ ५
    ८५ पटक

    काठमाडौँ । देशका धेरै भू–भागमा बिहानैदेखि वर्षा भइरहेको छ । कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको हो ।

    वाग्मती ,कोशी , मधेस र गण्डकी प्रदेशमा साधारणतयादेखि पूर्ण बदली र बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

    कोसी, वाग्मती र गण्डकी प्रदेशका केही तथा मधेस प्रदेशलगायत बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

    विभागले राति कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ ।

    प्रतिकृया दिनुहोस्