News Portal

  • पुलको जाली काटेर फसेका खच्चड लाई कर्णालीमा खसालेर उद्धार गरिँदै

    जनगर्जन संवाददाता२०८१ जेठ २७
    १३७ पटक

    काठमाडौं । सुदुरपश्चिमको अछाम र दैलेख जिल्ला जोड्ने कर्णाली नदी माथिको झोलुंगे पुलको लट्ठा चुँडिदा फसेर बसेका खच्चडहरुको उद्धार सुरु भएको छ । स्थानीय भरत साउदका अनुसार दुवै जिल्लाका प्रहरी, सशस्त्र प्रहरी लगायतको अन्य टोलीले उद्धार गर्न थालेको हो ।

    फसेका खच्चड हरुलाई पुलबाटै उद्धार गर्न सम्भव नभएकाले तार काटेर फसेका खच्चडलाई नदीमा खसाली उनीहरु लाई उद्धार थालिएको साउदले जानकारी दिएका छन । ‘अहिलेसम्म ३ वटा खसालिएको छ र बाँकी खच्चड पनि खसाल्न तार काटिँदै छ’, उनले भने, ‘तल नदीमा डुंगा राखेर निकाल्ने काम भइरहेको छ । अरु कुनै पनि उपाय सम्भव नभएर यो उपाय अपनाएका हौ ।’

    साउदका अनुसार पुलमा ५ जना व्यापारीका १६ वटा खच्चड फसेका छन् । नजिकै पक्की पुल रहे पनि व्यापारीले झोलुंगे पुलबाट एकैचोटि धेरै खच्चड लैजान खोज्दा दुर्घटना हुन पुगेको स्थानीय बासीले दाबी गरेका छन् ।

    यो झोलुंगे पुलले सुदूरपश्चिम र कर्णाली प्रदेशलाई जोड्ने गर्दछ । पुल अछामको पञ्चदेवल विनायक नगरपालिका ९ र दैलेखको आठबीस नगरपालिका ४ लाई जोड्ने काम गर्दछ

    प्रतिकृया दिनुहोस्