News Portal

  • दलितको परिभाषा र नेपालमा श्रमिक समुदायको उत्पति

    जनगर्जन २०८१ जेठ १२
    २२१ पटक

    बहुजाति र बहुभाषि रहेको नेपाली समाजमा दलित/श्रमिक समुदाय एक उत्पीडित जाति मानिन्छन् । जनावरले समेत आफ्नो ढंगले अधिकारको उपभोग गर्न पाउँदछ भन्ने कुराको वकालत सुरु भएको समयमा मानिस भएर पनि दलित/ श्रमिक समुदायले समाजमा कुकुरको भन्दा पनि तल्लो व्यवहार भोग्नु परिरहेको छ । उस्तै प्रकृतिबाट जन्मने र मर्ने भएता पनि दलित/श्रमिक समुदायमा जन्मलिएकै आधारमा छुवाछुत र भेदभाव भोग्नुपर्ने स्थिति ज्यूँकात्यूँ छ । श्रमिक समुदाय आफू मानव भएर स्वतन्त्रतापूर्वक जीउन पाएका छैनन् ।मान्छे भएर जन्मेपछि स्वतन्त्रढंगले बाँच्न र राज्यद्वारा प्राप्त अधिकारहरूको समान उपभोग गर्न पाउनु सबै मानबको नैसर्गिक अधिकार हो तर नेपाली समाजमा भने श्रमिक समुदायमा जन्मेकै आधारमा ऊ आफ्नै अधिकारबाट समेत वञ्चित हुनुपरेको छ । नेपाली समाजमा मात्र नभएर युगौदेखि बलियोले निर्धोलाई हेप्ने र मालिक र दासको मानसिकता संसारभर कुनै न कुनै रुपमा रहेको चल्दै आएको पाइन्छ ।

    संसारमा देखापरेको सबै जातीय समस्याहरूमध्ये ‘छुवाछुत’ सबैभन्दा क्रुर र अमानवीय ब्यबहार हो । यो देख्दा सामान्य लाग्ने तर अनुभूति गर्दा र भोग्दा अत्यास लाग्ने समस्या हो

    श्रमिक समुदायहरूले बषौं देखि भोग्न विवश छुवाछुतको समस्या पीडादायक छ । एउटै समाजमा बसेर पनि श्रमिक समुदाय हुनुका कारण मानव भएर बा“च्ने हैसियतसम्म पाएका छैनन् उनीहरूले । समाजमा भोग्नु परेको पीडा तथा उनीहरूमाथि गरेको भेदभावका कारण उनीहरूको जीवन अत्यन्त पिडादायक छ ।

    दलित परिभाषा र नेपालमा श्रमिक समुदायको उत्पति
    श्रम विभाजनको आधारमा भएको पाइन्छ । श्रम विभाजन अनुसार गरिएको वर्गिकरणबाट पछि कसैले पनि विद्रोह नगरुन् भनेर सत्तामा बस्नेहरूले विभिन्न कठोर कानूनहरू बनाई छुवाछुतलाई नै वैधानिक बनाउने काम भयो । यसरी सयौं वर्षदेखि चल्दै आएको छुवाछुतको परम्परालाई बिद्रोह गर्ने कसैले हिम्मत गर्नु भनेको कानूनको दृष्टिमा नै अपराध मानिने हु“दा एउटै समाजभित्र रहेर पनि श्रमिक जातिहरू देशको नागरिक हुन पाएनन् भने उनीहरू पनि यसलाई आफ्नै भाग्यको खेल मानेर चुप लागेर बस्न बाध्य पारिएका थिए । “भेदभावपूर्ण व्यवहारको प्रतिवाद गर्ने साहस नेपालमा नेपाली जनयुद्दले एक हद सम्म पैदा गर्‍यो र तोडने कोसिस गरेको थियो !

    आज फेरि नेपाली समाज उल्टो दिशा तिर जाँदै छ। श्रमिक समुदायको समस्या कस्तो खालको समस्या हो भन्ने सम्बन्धि विद्धानहरूले विभिन्न तर्क गर्ने गरेको पाइन्छ । ‘दलित’ को परिभाषा सबभन्दा पहिला सन् १९७७ मा भारतका दलित प्यान्थरवालाहरूले गरेका थिए । उनीहरूले दलितको व्याख्या – “जो व्यक्ति प्रत्यक्ष वा अप्रत्यक्ष छुवाछूतको सिकार हुन्छ ।” त्यसका साथै जुन वर्ग सामाजिक उत्पीडनको सिकार भइरहेको छ” । विशेष गरि युद्धमा हारेर दासि बनाइएकाहरूलाई, शुद्र जातिमा झारिएकाहरूलाई दलित भन्न थालिएको पाइन्छ भने श्रम गर्ने जातिलाई पनि दलित भनिने गरिएको पाइन्छ । तेसैले दलित जातिलाइ श्रमिक जातिको परिभाषा गर्दा फरक नपर्ला?

    ब्रिटिशकालीन भारतमा सन् १९२७ मा बनेको साइमन कमिशनले “शुद्रमध्येकै ‘अतिशुद्र’ अजात मानी पानी नचल्ने तहमा राखेको समूहलाई दलित मानेको र चरम आर्थिक शोषण तथा सामाजिक उत्पीडनको शिकार भई पानी नचल्ने ठानिएको समुदाय नै दलित वा श्रमिक समुदाय भनिएको छ ।” नेपालमा दलित शब्दलाई वि.स २०२४ सालमा गठित ‘नेपाल राष्ट्रिय दलित जन विकास परिषद्’ नामको संगठनले पहिलोचोटी प्रयोगमा ल्याइएको कुरा विभिन्न अध्यान सामाग्री मा भेतिन्छ । त्यसअघि नेपालमा ‘अछुत’, ‘परिगणित’, ‘हरिजन’ जस्ता शब्दहरू प्रयोग गरिन्थ्यो । यसप्रकार दलित आन्दोलनका क्रममा स्थापित ‘दलित जाति’ समाजमा ‘अछुत’ बनाइएका जातहरूको साझा परिचय बुझाउने अर्थ राख्दछ।

    नेपाली बृहत् शब्दकोषमा ‘दलित’ शब्दको शाब्दिक अर्थ, फुटाइएको वा दविएको, दमन गरिएको, थिचिएको, कुल्चिएको हो र दलित समुदाय भन्नाले समाजमा हक, इज्जत, प्रतिष्ठा समान रुपले पाउन नसकेको जातिलाई जनाउँछ । राज्यसत्ता र कानुनको आधारमा सयौं वर्ष देखि सामाजिक रुपमा ‘अछुत’ पारिएका तथा राजनीतिक आर्थिक, प्रशासनिक, शैक्षिक क्षेत्रका समान अवसरबाट वञ्चित गराइएका, सांस्कृति क्षेत्रमा पिछडिएका, सामाजिक कुरीति र अन्धविश्वासले ग्रस्त हिन्दु वर्णाश्रम व्यवस्था अनुरुप विभिन्न उपजातिमा विभक्त, शोषित उत्पीडित, समुदाय र श्रमिक वर्ग नै दलित जाति वा वर्ग हो ।

    दलित कुनै जात होइन समाजमा हरेक तबरबाट दबिएर र दलिएर रहेका जातिहरूको समूह हो । दलित भनेको राज्यबाट पाउनुपर्ने हक र अधिकारबाट वञ्चित जातिहरूको समूह दलित मानियो
    यसरी दलितको परिभाषाका सम्बन्धमा विभिन्न व्याख्या रहे पनि यथार्थमा हामीले देख्दै र बुझ्दै आएको के हो भने अरुको श्रम गर्न बाध्य पारिएका वा श्रम शोषण मा परेका सामाजिक रुपमा हेपिएका, आर्थिक रुपले दबिएका, सांस्कृतिक रुपले पाखा लगाइएका र राजनीतिक रुपले उपभोग र शोषणमा पारिएका जाती नै दलित जाती भनिएको हो । तेसैले आज हाम्रो जनपृय पार्टी ने क पा ले दलित सब्दको खारेज गर्दै श्रमिक समुदाय मा परिभाषित गरेको छ यो समुदायलाई आर्थिक ,राजनैतिक , सामाजिक,र सास्कृतिक रुपमा अब्बल बनाउन र नया चेतनाको जग खडा गर्न समान नेतृत्व स्थापित गर्न चाहाछौ आज नेपाली राजनैतिक समश्या एकल समुदाय बिशेष आन्दोलन ले सम्भब हुने देखिदैन।तेसैले समानताको लागि यो समुदाय समाजबादी आन्दोलन मा सहभागीता सहित पुस्तौ पुस्ता दबिएको आफ्नो अधिकार खोज्न जरुरी छ । जुन आफैले बिकाश गरेको नेतृत्व र समानताको युग समाजबाद ले प्रदान गर्ने छ।
    उत्तम सी
    नेकपा सचिब बाग्लुङ

    प्रतिकृया दिनुहोस्