News Portal

  • नेकपा बागलुङको प्रथम पूर्ण बैठक सम्पन्न

    सुधन विश्वकर्मा२०८१ जेठ ६
    २३० पटक

    जेष्ठ ६,बागलुङ । नेपाल कम्युनिष्ट पार्टी बागलुङ जिल्लाको प्रथम पुर्ण बैठक बागलुङ जिल्लाको सदरमुकाम बागलुङ बजारमा सम्पन्न भएको छ ।

    जिल्ला सेक्रेटरी प्रसिद्ध सीको अध्यक्षतामा बसेकाे बैठकमा प्रमुख अतिथि नेकपाको पोलिट ब्यूरो सदस्य तथा बागलुङ जिल्ला इन्चार्ज आजाद सी को रहेको थिए । अतिथिहरूमा नेकपा को केन्द्रीय सदस्य तथा पुर्ब धौलागिरी ब्यूरो इन्चार्ज विकिरण सि, नेकपा का केन्द्रिय सदस्य तथा मुस्ताङ जिल्ला इन्चार्ज आकाश सी, जिल्लाको पुर्ब सेक्रेटरी महेन्द्र सि को उपस्थिति रहेको थियो ।

    बैठकमा बोल्दै प्रमुख अतिथि आजाद सी ले पार्टी केन्द्रले तयार पारेका नीति कार्यक्रम दस्तावेजको बारेमा सविस्तारमा ब्याख्या गरेका थिए। उनले भने क्रान्तिको रुप एउटा् हुदैन यसको धार धेरै हुन्छ र हामी तेहि धारको प्रयोग गरि समाजवाद ल्याउछौ त्यसको लागी हामीले जनतालाई बुझाउन आवश्यक छ । आगामी ८४ सालको चुनाबमा भाग लिन्छौं र जनताको सेवा गर्छौ । अब यो व्यवस्थाले फेल खाइरहेको छर र यस्तो अबस्थामा हामी जागेनौ भने नेपाली जनताले गरेको आशा खेर जाने, उनले भने हामिलाइ कुनै लोभ छैन स्वार्थ छैन हामी जनताको सेवा गर्न लागेको छौ र लागिरहने छौ भन्दै निर्देशनात्मक भनाइहरु राखेको थिए ।

    पूर्व धौलागिरी ब्युरो इन्चार्ज विकिरण सि ले अबको समयमा पार्टी कार्यकताहरुले जिल्लामा नतिजा आउने गरि काम गर्नु पर्ने र पार्टीले दिएको काम जिम्मेवारी पुर्बक हल गर्नु पर्ने बताए ।पार्टी केन्द्रले तयार पारेको दस्तावेज र गण्डकी प्रदेश बैठकले पारित गरेको दस्तावेज र दुवै सर्कुलर सेक्रेटरी प्रसिद्ध सीले वाचन गरेका थिए ।

    कार्यक्रममा पार्टीले दिएको जिम्मेवारी लिएर बागलुङ जिल्ला बाट बिदाई भै जान लागेका पुर्ब धौलागिरी ब्यूरो इन्चार्ज विकिरण सि र बागलुङ जिल्ला इन्चार्ज आकाश सि,जिल्लामा हुदा आफ्नो कार्यकाल मा पार्टीले दिएको जिम्मेवारी पुरा गरि जनता संगै रहि गरेको कामको कदर गर्दै खादा र टीका लगाइ सम्मान सहित जिल्ला बाट बिदाई गरेको थियो ।

    प्रतिकृया दिनुहोस्