News Portal

  • जनयुद्धको धारबाट आएका माओवादी हरू

    जनगर्जन संवाददाता२०८१ बैशाख २९
    ७९ पटक

    माओवादीहरू, कम्युनिस्टहरू र देशभक्त शक्तिलाई मिल्ने नदिने षड्‌यन्त्र भइरहेको छ : अनिल सी
    सिरहा – नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा मद्येस प्रदेशका इन्चार्ज अनिल सीले दलाल पुँजीवादका मतियारहरुले जनयुद्धको धारबाट आएका माओवादीहरू, कम्युनिस्ट र देशभक्त धारका विचमा एकता र सहकार्य आवश्यक भए पनि त्यसलाई भाँड्ने षड्‌यन्त्र भइरहेको दाबि हारेका छन्। शुक्रबार सिरहा जिल्लाको गोलबजारमा भएको जिल्ला कार्यसमितिको बैठकलाई सम्बोधन गर्द उनले सो दाबि गरेका हुन् ।

    उनले मधेस प्रदेशमा सामान्ति उत्पीडन र शोषण २०५० को दशकमा मध्य र पश्चिम नेपालमा जस्तै कायम भएको दाबि पनि गरे । बैठकले सङ्‌गठन, संघर्ष र जनसेवाको क्षेत्रमा तथा ३ महिन अभियानसम्बन्धि महत्वपूर्ण निर्णय गरेको पार्टी सचिव गोवर्द्धन सीले बताएका छन ।

    प्रतिकृया दिनुहोस्