पोखरा – नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्युरो सदस्य तथा बाग्लुङ जिल्ला इन्चार्ज आजाद सीले माक्र्सवादलाई पूर्ण रुपमा लागू गर्ने पार्टी लिडर नेपालमा रहेको ठोकुवा गरेका छन् ।
मंगलबार पोखराको सहिदचोकस्थित सहिदपार्कमा नेकपा गण्डकी प्रदेश समितिद्वारा आयोजित पार्टी सुदृढीकरण, जनसम्बन्ध विस्तार अभियान तथा प्रशिक्षण कार्यक्रममा आफ्नो मन्तव्य राख्दै यस्तो ठोकुवा गरेका हुन् ।
उनले नेकपाका महासचिव विप्लवतिर संकेत गर्दै नेपालमा अहिले माक्र्सवादलाई फरफ फरक सान्दर्भमा सार्थक प्रयोग गर्ने लिडर नेपालमा रहेको बताए ।
उनले भने, नेपालमा माक्र्सवादलाई प्रयोग गर्ने कम्युनिस्ट पार्टी अहिले पनि नेपालमा जिवित छ । जसले २० औं सताब्दीको विचार दृष्टिकोणलाई छोडेर २१ औं सताब्दीमा नयाँ कोणबाट माक्र्सवादको सफल प्रयोग गरिरहेको छ।”
उनले नेपालको सन्दर्भमा निर्वचनलाई प्रयोग गर्ने होस् या बहिस्कार समाजवादका निम्ति कम्युनिस्ट समाजवादीहरुको बिच मोर्चाबन्दी होस् या एकता, सबैमा सफल प्रयोग गर्दै फेरि अहिले आएर अर्को नयाँ प्रयोग गर्दै अघि बढेको पार्टी नेपालमा जिवित रहेको बताए ।
उनले भने,”अहिलेको विश्व हिजोको जस्तो एकध्रुविय छैन यो बहुध्रुवियमा विभाजित छ जसको उदाहरणका रुपमा रुसी खेमा जित्नुलाई लिन सकिन्छ।”
साम्राज्यवादले मध्यमा आफू कमजोर भएको निष्कर्ष निकाल्दै चीनलाई साइजमा राख्न अन्य मुलुकहरुबाट सम्भव नदेखेपछि एमसीसीमार्फत नेपालबाट चीनलाई घेराबन्धी गर्न सहयोग नामको चारो फालेको बताए।
उनले भने ठुला शक्ति राष्ट्रको टकरावका कारण नेपाल जटिल मोडमा उभिएको छ प्रतिगमन हुने खतरा छ। अहिले राजसस्था पुन:स्थापना हुने हल्ला चलिरहेको छ यदी नेपालमा प्रतिगमनकारीहरुको षड्यन्त्रलाई बुझ्न सकिएन भने त्यो सम्भव नहोला भन्न नसकिनेतर्फ चिन्ता व्यक्त गरे ।
उनले भने,”अहिलेको मुख्य अन्तर्विरोध राजनीतिक दलहरुकोबिचमा नभै अमेरिकी साम्राज्यवादबाट संरक्षित दलाल पुजिवादी व्यवस्था र जनताको समाजवादी व्यवस्थाबिचको हो । साम्राज्यवादले नेपालको कम्युनिस्ट छिन्न भिन्न पार्ने षड्यन्त्र गर्दैछ त्यसैको रक्षाको लागि कन्युनिस्ट क्रान्तिकारीहरुको मोर्चाबन्दी जरुरी छ ।,
नेपालमा नजिकिएको प्रतिगमनको खतरा टाल्न र दलाल ब्यवस्थालाई फालेर नेपाली विशेषताको समाजवाद स्थापनाका निम्ति पार्टीले ४ मित्रवर्ग ४ मित्रशक्ती र ६ मित्र समुसायको अवधारणा अघि सारेको बताए। उनले थपे,” पार्टीले अहिले नेपालमा देखिएको प्रतिगमनको खतराबाट देशलाई मुक्त गर्न कम्युनिस्ट, समाजवादी, देशभक्त लोकतन्त्रवादी शक्तिहरुसंग सहकार्य एकता गर्न फराकिलो मोर्चा निर्माणको अवधारणना अघि सारेको छ त्यसको उदाहरण ४ पार्टी बिचको समाजवादी मोर्चा हो ।”
पार्टीको अहिलेको बटम लाइन नेपालमा समाजवाद स्थपना गर्ने भएको बताउदै संसदमा बहुमत पुर्याएर संविधान सम्सोधन गरेर, जनमत सङ्ग्रहबाट र अर्को सडकबाट नेपालमा समाजवाद ल्याइ छाड्ने उद्घोष गरे ।
माक्र्सवाद लागू गर्ने कम्युनिस्ट पार्टी नेपालमा अहिले पनि जिवित छ : आजाद सी
साहाश भट्ट२०८१ बैशाख २५
- नेपाल-चीन सिमानामा ७ म्याग्निच्युडको भूकम्प,नेपालमा पनि ठुलो झटका
- अब देखि त्रिभुवन विश्वविद्यालयलेअंग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र सोध्ने
- तीन बुँदे सहमति कार्यान्वयन गर्न हस्ताक्षर अभियान सञ्चालन हुने
- माओवादीसंग एकताको ढोका बन्द छैन्,चुनावमा जान्छौं भन्दा षड्यन्त्र सुरु भयो:नेता विषम
- काठमाडौंमा भूकम्पको ठुलो धक्का
- बाजुराको कोल्टीमा प्रशासन कार्यालय स्थापना गर्न माग, छिट्टै माग पुरा गर्ने गृहमन्त्रीको प्रतिबद्धता
- चीन केन्द्रबिन्दु भएर गएको भूकम्पबाट चीनमा कम्तिमा ९ जनाको मृत्यु
- ओलीलाई भीम रावलको प्रश्न : तपाईंकै पालामा नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको होईन ?
- अन्धकारमा बनेको अन्धो सरकारले मध्यरातमा अध्यादेश ल्याएछः सुमना श्रेष्ठ
- नेकपा चुनावमा जाने भएपछि लुटेराहरुको मथिङ्गल हल्लिएको छ : विप्लव सी