News Portal

श्रमिक दिवस यसरी मनाउदै छन महासचिव विप्लव सी

जनगर्जन संवाददाता२०८१ बैशाख १९
३५७ पटक

बैशाख १९ काठमाडौं । आज १३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस नेपालमा पनि विभिन्न कार्यक्रमका साथ मनाईदै छ।
यसैगरी श्रमिक दिवसको अवसरमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी ललितपुरस्थित हरिसिद्धीमा पार्टीले सञ्चालन गरिरहेको कृषि केन्द्रमा लगाइएको गहुँ काटने काममा ब्यस्त छन।

पार्टीले सञ्चालन गरेको उत्पादन अभियानमार्फत राष्ट्रिय अन्तर्राष्ट्रिय सन्देश दिइरहेका विप्लवले श्रमिक दिवसको अवसरमा नेपाल तथा विश्वभरिका श्रमिकहरुलाई शुभकामना दिएका छन् ।

विप्लवले विश्वमा श्रमिकहरुको महत्त्व बढ्दै गएको भन्दै श्रमिक र पुजीपति वर्गविचको खाडल सांघुरो बनाउदै लैजानुपर्ने बताए ।
विप्लवले पुजीवादी वर्गले विश्व राजनीतिमा दादागिरी र हतियार प्रदर्शन गरिरहेको बताउदै त्यसको प्रतिरोध श्रमिक वर्गले गर्ने बताए ।
हरिसिद्धीमा अहिले पार्टी निकट विद्यार्थी संगठनका नेता कार्यकर्ताले गहुँ काटिरहेका छन् ।

प्रतिकृया दिनुहोस्