News Portal

सदरमुकाम बागलुङ बजारबाट तनहुँ जाँदै गरेको बस दुर्घटना, १६ जना घाईते

दिनेश विकल्प२०८१ बैशाख १५
२५३ पटक

बागलुङ, १५ बैशाख । सदरमुकाम बागलुङ बजारबाट तनहुँ जाँदै गरेको बस हेम्जामा दुर्घटना भएको छ ।

बागलुङबाट तनहुँ जाँदै गरेको ग १ ख ९२९७ नम्बरको बस आज साँझ ७:३० बजे अनियन्त्रित भई दुर्घटना हुँदा १६ जना घाईते भएको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ ।

जिल्ला ट्राफिक कार्यालय कास्कीका वरिष्ठ प्रहरी नायव निरीक्षक नीलबहादुर खड्काले बसमा ३६ जना यात्रु सवार रहेको र १६ जना यात्रु घाईते भएको जानकारी दिए ।

घाइतेहरुको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको र उनिहरुको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ ।

तनहुँबाट बागलुङको पञ्चकोटका लागि गएको बस बागलुङबाट फर्किने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्