News Portal

  • चुनाव राजनीति संघर्षको एउटा मोर्चा हो : विप्लव सी

    जनगर्जन संवाददाता२०८१ बैशाख ११
    ५१ पटक

    कपिलवस्तु – नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले चुनाव राजनीति संघर्षको एउटा मोर्चा भएको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय कपिलवस्तुमा सोमबारदेखि सुरु भएको केन्द्रीय प्रतिनिधि समिति बैठकमा २२ पृष्ठ लामो प्रस्ताव पेस गर्दै विप्लवले चुनाव पनि संघर्षको एउटा मोर्चा भएको बताएका हुन् ।

    पार्टीलाई आन्तरिक रुपले सुदृढ गरौँ ! समाजवादको लागि फराकिलो मोर्चा निर्माण गरौं !!’ शीर्षकको राजनीतिक प्रस्ताव र ६ महिने आगामी योजनासहितको प्रस्ताव पेस गर्दै विप्लवले सबै विषयको वहसलाई समाजवादमा उठाउनुपर्ने बताए । ‘चुनाव राजनीतिक संघर्षको एउटा मोर्चा हो । यसलाई नयाँ मोर्चाको रुपमा लिनुपर्छ ।’, विप्लवले भने, ‘२०८४ को चुनावलाई मिसन समाजवादका रुपमा बुझ्नुपर्छ । यसलाई समाजवादको लडाईको मोर्चाका रुपमा बुझ्नुपर्छ ।’

    चुनावलाई समाजवादका लागि प्रयोग गर्नुपर्ने बताउँदै पार्टीले संघर्ष गर्दा सृंखलाबद्ध गर्नुपर्ने बताए । ‘हामीले पहिला संविधान संशोधन गरेर नेपाली विशेषताको समाजवाद स्थापना गरौं भनेर वहस चलाउँछौं, त्यो भएन भने समाजवादका लागि जनमत संग्रह गरौं भनेर छलफल चलाउँछौं ।’, उनले भने, ‘सडक आन्दोलन त हाम्रो निरन्तर छदैछ । त्यसपछि चुनावलाई पनि समाजवादका लागि प्रयोग गर्नुपर्छ । हामीले सबै ढोका खोलेर लड्ने सोचेका छौं ।’

    माओवादी धारलाई रुपान्तरण गर्दै एकतामा ल्याउनुपर्ने उनको भनाई थियो । माओवादी धार तितर वितर हुँदै सकिने खतरा बढेको बताउँदै विप्लवले उनीहरुको रुपान्तण गर्ने जिम्मा नेकपाको भएको जिकिर गरे । साथै कम्युस्टहरुको एकता गर्ने प्रयत्न पनि नेकपाले गर्ने बताए ।

    प्रतिकृया दिनुहोस्