News Portal

  • एमाले प्रतिनिधि परिषद् बैठक बस्दै

    समूहगत छलफलमा ‘लोकतान्त्रिक भित्तो’को पनि सुझाव

    जनगर्जन २०८१ बैशाख ९
    ३० पटक

    बैशाख ९,काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेको महाधिवेशन प्रतिनिधि परिषद्को बैठक हिजोदेखी सुरु भएको छ।

    नेपाल कम्युनिष्ट पार्टी एमालेको महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा प्रस्तुत प्रतिवेदनमाथि समूहगत छलफल सुरू भएको छ । प्रतिवेदनमाथि छलफल गर्न ६ वटा समूह निर्माण गरिएको छ ।

    लतिलपुरको गोदावारीस्थित सनराइज हलमा जारी बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव शंकर पोखरेलले सांगठानिक प्रतिवेदन र केन्द्रीय निकायका प्रतिवेदनमाथि छलफल सुरू भएको छ ।
    परिषदमा केन्द्रिय अनुशासन आयोगका अध्यक्ष केशव बडाल, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा. पुष्पराज कँडेल, केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहराका प्रतिवेदनमाथि पनि एकैसाथ छलफल सुरू गरेका छन ।

    पार्टीका केन्द्रीय प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले समूहगत छलफलका साथै व्यक्तिगत र लिखितरूपमा थप विचार सुझाव दिन चाहने प्रतिनिधिका लागि ‘लोकतान्त्रिक भित्तो’ को व्यवस्था गरिएको जानकारी दिएका छन । लिखित सुझाव टाँस्न सकिने र नेतृत्वले त्यसलाई अध्ययन गरी प्रतिवेदनमा आवश्यकताका आधारमा समावेश गर्नेछ ।हिजोदेखि जारी बैठकमा २४५४ प्रतिनिधि सहभागी छन् ।

    प्रतिकृया दिनुहोस्