News Portal

  • जनप्रचार तथा प्रकाशन विभागले महासचिव विप्लवलाई हस्तान्तरण गर्‍यो एसी

    मन बहादुर सहकारी २०८१ बैशाख ५
    २२९ पटक

    बैशाख ५,काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी अन्तर्रगतको जनप्रचार तथा प्रकाशन विभागले महासचिव विप्लव सीलाई एयर कन्डिस्नर(एसी) हस्तान्तरण गरेको छ ।

    बुधबार नेकपा केन्द्रीय कार्यालयमा पार्टी स्थायी समिति सदस्य तथा विभागका इन्चार्ज अनिल सीको नेतृत्वमा महासचिव विप्लवलाई एसी हस्तान्तरण गरिएको हो ।

    विभाग अन्तर्रगतको साधारण शाखाको व्यवस्थापनमा १ दशमलब ५ टनको एसी हस्तान्तरण गरिएको विभागले जनाएको छ । उक्त एसी केन्द्रीय कार्यालयस्थित महासचिवको क्याविनमा जडान गरिने विभागका सदस्य सन्जीव सीले बताए ।

    विभागका सल्लाहकार राजेन्द्र सी, शाखाका इन्चार्ज सन्जीव सी, जनपत्रकार संगठन नेपालका अध्यक्ष शेरबहादुर सी र शाखा सेक्रेटरी शोभराज सीले संयुक्त रुपमा महासचिव विप्लव सी, प्रवक्ता प्रकाण्ड सी लगायतका नेताहरुलाई एसी हस्तान्तरण गरेका हुन् ।

    विभागले जनपत्रिका डटकम अनलाइन र मासिक म्याग्जिन जनपत्रिका प्रकाशन गर्दै आएको छ । साथै, पार्टीको मुखपत्र एकीकृत जनक्रान्ति लगायतका प्रकाशन पनि गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्