News Portal

  • विभिन्न प्रतिवेदन माथी छलफल गर्दै स्थायी समितिको बैठक सम्पन्न

    जनगर्जन २०८१ बैशाख ४
    ४९ पटक

    कपिलवस्तु – नेपाल कम्युनिस्ट पार्टीको स्थायी समिति बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । सोमबार अपरान्ह २ बजेदेखि शिवराज नगरपालिका ९ कपिलवस्तु स्थित पार्टी कार्यालयमा सुरु भएको स्थायी समिति बेलुका ८ बजे सम्पन्न भएको हो ।

    बैठकमा महासचिव विप्लव सीले ‘पार्टीलाई आन्तरिक रुपले सुदृढ गरौँ ! समाजवादको लागि फराकिलो मोर्चा निर्माण गरौं !!’ शिर्षकको राजनीतिक प्रस्ताव र ६ महिने आगामी योजनासहित प्रस्ताव पेस गरेका थिए । यी प्रस्ताव हरु माथी गहन रुपमा अध्ययन गर्दै महासचिव विप्लव सी द्वारा राजनितिक प्रतिवेदन प्रस्तुत भएको थियो ।

    १) जहाँ एकीकृत जनक्रान्तिको विकसित विचारको नयाँ मान्यताबाट हेर्नुपर्ने विषयहरु छन ।
    क. नेपाली विशेषताको समाजवाद बारे ।
    ख. चार मित्र शक्ति र वर्ग अनि पाँच मित्र समुदाय बारे
    ग. पार्टी एकता र धुर्बिकरण बारे ।
    ङ . जनता तथा नयाँ पुस्तासग सुदृढ सम्बन्ध विकास बारे ।
    घ. चुनाव सम्बन्धि नयाँ परिभाषा र त्यसको संचालन बारे ।
    २) विश्वमा भैरहेको पुजीवादी तथा साम्राज्यवादी युद्धको बिरोध गर्ने र यो युद्धको अन्तर्राष्ट्रिय कारण देशको स्थिति नयाँ बन्दै गएकोले राष्ट्रिय स्वाधीनताको लागी नयाँ राष्ट्रिय एकताको आवश्यकतामा जोड दिएको छ ।
    ३) छलफलको क्रममा अहिलेको सरकारी गठबन्धन टुट्न नहुने र यसलाई जोगाउन गठबन्धनका पार्टी र नेताले बिशेश ध्यान दिनुपर्ने अनि यसको निरंतरताको लागी समाजवादी मोर्चाबाट पनि पहल गर्नुपर्ने आवश्यकता बारे चर्चा भएको छ ।
    यिनै प्रतिवेदन प्रस्तुत गर्दै स्थायी समिती बैठक सम्पन्न भएको छ भने आज मध्यान्ह बाट पुन: पोलिट ब्यूरो सदस्य (पिबिएम) हरुको बैठक बस्दै छ ।

    प्रतिकृया दिनुहोस्