News Portal

  • नेकपाको पाचौं पुर्ण बैठक शिवगढी कपिलवस्तुमा बस्दै

    जनगर्जन २०८१ बैशाख ३
    ३० पटक

    बैशाख ३,काठमाडौ : नेपाल कम्युनिस्ट पार्टी, केन्द्रीय समितिकाे पाचौं पूर्ण बैठक बैशाख ५-८ गतेसम्म केन्द्रीय कार्यालय कपिलवस्तु, शिवगढीमा बस्ने भएकाे छ । केन्द्रिय समितिहरु ४ गते सम्पर्कमा रहि ५ गते बाट बैठक सुरु हुनेछ ।

    त्यस्तै बैशाख ३ गते स्थायी समितिको बैठक बस्नेछ भने राजनीति ब्युराेकाे ४ गते बैठक बसेर केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने प्रस्तावहरु तयार गरिने भएकाे छ ।

    केन्द्रीय समितिकाे बैठक लगत्तै केन्द्रीय प्रतिनिधि समिति (CRC) काे बैठक ९ र १० बैशाखमा हुनेछ । बैठक भन्दा १ दिन अघि सम्पर्क स्थलमा पुग्न सम्बन्धित सबैलाई सूचना पुगिसकेको बताइएको छ ।

    बैठकले ६ महिने आवधिक याेजनाकाे समिक्षा गर्दै अर्को आवधिक याेजना निर्माण गर्नेछ । यसपटककाे बैठक निकै महत्त्वपूर्ण हुने दाबी पार्टीका स्थायी समिति सदस्य तथा प्रकाशन विभागका इन्चार्ज अनिल सीले बताएका छन् ।

    प्रतिकृया दिनुहोस्