News Portal

स्याङ्जा आधीखोलामा डुबेर एक बालकको मृत्यु

जनगर्जन २०८० चैत्र २८
१९० पटक

चैत २८,वालिङ स्याङ्जा – स्याङ्जाको आँधीखोलामा पौडी खेल्ने क्रममा डुबेर आज बिहान एक बालकको मृत्यु भएको छ। गल्याङ प्रहरी चौकीका अनुसार गल्याङ नगरपालिका–२ गराङ्दी बस्ने भरत रानाका १४ वर्षीय छोरा युनिक रानाको डुबेर मृत्यु भएको हो।

६ जना साथीहरु पौडी खेल्न गएका थिए। राना पानीको रहमा डुबेपछि स्थानीयवासीले गल्याङ प्रहरी चौकीलाई खबर गरेका थिए। बेपत्ता भएका रानाको खोजी गर्दा मृत फेला परेका हुन्।

रानाको शव परीक्षणका लागि वालिङस्थित गह्रौं प्राथमिक अस्पतालमा पठाइएको गल्याङ प्रहरी चौकीले जनाएको छ।

प्रतिकृया दिनुहोस्