News Portal

  • तीन संसदीय समितिको बैठक बस्दै

    जनगर्जन २०८० चैत्र २७
    ४१ पटक

    चैत्र २७,काठमाडौँ । आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ ।

    आज बिहान ११ बजे विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठक बस्दै छ । बैठकमा राष्ट्रिय सभाबाट पारित भएका सङ्कल्प प्रस्तावहरूको बारेमा सम्बन्धित प्रश्तावकहरुसँग छलफल हुनेछ ।

    त्यस्तै बिहान साढे ११ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिको कार्य क्षेत्रका विषयमा विज्ञहरूसँग छलफल हुनेछ ।

    त्यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा समितिगत विषयहरूमा छलफल हुनेछ ।

    प्रतिकृया दिनुहोस्