News Portal

  • रत्नपार्कको आकाशे पुलको भित्तामा फुल बगैँचा परिक्षण

    विष्णु विश्वकर्मा२०८० चैत्र २१
    ८९ पटक

    चैत्र २१,काठमाडौँ । काठमाडौ बागबजार जाने आकाशे पुल मुनिको भित्ते वगैँचामा आज २ सय वटा फूल र लहरा वोटका विरुवा रोपिएका छन् । पार्क तथा हरियाली प्रवर्धन आयोजनाले रत्नपार्क, आकाशेपुलको दुईवटा भित्ता उपयोग गरेर भित्ते बगैँचाको परीक्षण थालेको हो । यस क्रममा आयोजनाका प्रमुख नवराज थापा, महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डे, वातावरण व्यवस्थापन विभागका कर्मचारीसहित सहभागी भएर फूल तथा विरुवा रोप्नुभएको हो ।

    आयोजना प्रमुख नवराज थापाका अनुसार फूलमा बेगमबेली र स्वस्थानी फूल रोपिएका छन् । बेगनबेलीमा पनि गुलावी, रातो, सेतो, पहेँलो, सुन्तले गरी विभिन्न प्रकारका फूल फुल्ने विरुवा छन् । सामान्यतयाः यो जातको फूल ४ देखि ६ महिनासम्म फुलिरहन्छ । यी विरुवा बढ्दै जाँदा काँटछाँट गरेर मिलाउँदै जानुपर्छ । यसबाट आफूले चाहेको आकार र स्वरुपको बनाउन सकिन्छ ।

    हरियाली हुने विरुवामा होया, मनिप्लान्ट, आइभ्यूका विरुवा छन् । यी विरुवा लहरिँदै बढ्दै जान्छन् ।

    यी आकाशे पुलका भित्ताहरु साढे ३२ मिटर लामा छन् । उचाइ साढे ६ मिटरसम्म छ । भित्ताको जमिन सतहमा खाडल खनेर फूलका विरुवा रोपिएका छन् । लहराउने विरुवालाई गमलामा झुण्ड्याइएको छ । यसमा विरुवा लहराउन भित्ताभरि २/२ वर्गमिटरका जालीदार बार बनाइएको छ ।

    यो आकाशे पुल हुँदै धेरैको हिडडुल रहने हुदा शहरी सुन्दरता र हरियाली प्रवर्धनका लागि थालिएको यो काम गरिरहदा पैदल यात्रीहरुले प्रशंशा गर्दै हिँड्दै हिडिरहेका थिए र उनिहरुको चिन्ता चिन्ता वा आशन्का पनि थियो कि यी विरुवा चोरी होलान् कि नहोलान्? उनिहरुको यो स्वतःस्फूर्त आवाज नै सहरी सुन्दरताका लागि महत्वपूर्ण छ । यसरी हेर्दा विरुवा जोगाउन मलजल र गोडमेल जति महत्वपूर्ण छ, उत्तिकै महत्वपूर्ण रोपिएका विरुवा चोरिनबाट जोगाउनु पनि हो ।

    आयोजकको अनुसार ९ लाख ५६ हजार लागतमा सम्पन्न गरेको यो कार्यले कत्तिको सम्भाव्यता पाउछ भन्ने कुरा अनि जनताको जिज्ञासा लाई मध्यनजर गर्दै यसको स्याहार सम्हारमा आयोजक र महानगरपालिकाले निगरानी राख्ने छ आयोजक थापाको भनाई ।

    प्रतिकृया दिनुहोस्