News Portal

  • दुर्गा प्रसाईको कटाक्ष, अहिले राज्य मेरो हतियारको पछाडी दौडिरहेको छ

    जनगर्जन २०८० चैत्र १८
    ४८ पटक

    चैत्र १८,काठमाडौँ । मेडिकल व्यवसायी तथा राष्ट्र,राष्ट्रियता, धर्म, संस्कृति राजा आउ देश बचाउ र नागरिक बचाउ अभियानका नाइके मानिने दुर्गा प्रसाईंले राज्य अहिले आफ्नो हतियारको पछि लागेर आफ्नो जिम्मेवारी भुलेको बताएका छन् । उनले सर्वोच्च अदालत परिसरबाट आफ्नो अंगरक्षकलाई प्रहरीले गैरकानुनी रूपमा पक्राउ गरेको कुरालाई सर्वोच्चको आदेशले नै सफाई दिएको बताएका छन ।

    आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रसाईंले आफूले राज्यको निकायकै निर्णयको आधारमा २२ बोरको हतियार विदेशबाट ल्याएको र लाइसेन्स लिएर प्रयोग गरिरहेको बताए ।

    ‘झापा जिल्ला प्रशासनको सिफारिसमा गृह मन्त्रालयको सुरक्षा समितिको बैठकले मलाई हतियार दिने भनेर निर्णय गरेको हो । गृह मन्त्रालयले मन्त्रीस्तरको निर्णय गरेर वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई चिठी लेखेको थियो । त्यो चिठीको आधारमा हामीले हतियार मगाएका हौँ’, उनले भने, ‘त्यो चिठीको आधारमा हामीले लाइसेन्स पनि पाएका हौँ । अहिले राज्य मेरो हतियारमा भुलेर आफ्नो जिम्मेवारी भुली मेरो पछि लागि परेको छ ।’

    उनले आफ्नो हतियारमा भुल्नु भन्दा एमालेका नेताबाट शोभा पाठकमाथि अन्याय परेको दाबी गर्दै उनलाई न्याय दिन आग्रह गरेका छन आफ्नै नेताबाट अन्यायमा परेकी उनलाइ न्याय देउ र आफना नेतालाई सहि मार्ग देखाउ पनि भनेका छन ।

    प्रतिकृया दिनुहोस्