News Portal

  • तनहुँमा बस दुर्घटना, ६ जना चिनियाँ पर्यटक घाइते

    जनगर्जन २०८० चैत्र १०
    ३८ पटक

    चैत्र १०, काठमाडौ । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँमा पर्यटक बोकेको बस दुर्घटना भएको छ । शनिबार विहान म्याग्दे गाउँपालिका–६ शेराटारमा बस दुर्घटना भएको हो ।

    पृथ्वी राजमार्गमा पोखराबाट काठमाडौंतर्फ जादै गरेको बा १ प ११३९ नम्बरको बस सडकबाट पल्टिएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी डिएसपी मोहनबहादुर खाँणले बताए ।

    २६ जना यात्रु सवार बसमा ६ जना चिनियाँ पर्यटक घाइते भएको उनले जानकारी दिए ।

    घाइते हुनेमा ६८ वर्षीय छुचेङ, ६७ वर्षीय काओमेङ, ५० वर्षका सुनलि, ७० वर्षीय लियोया छिङ, ६२ वर्षीय वाङ वि दोङ, ५७ वर्षीय हौैछायो लि रहेका छन् ।

    घाइतेको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारमा उपचार भइरहेको छ । ‘चालकलाई नियन्त्रणमा लिएका छौं । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ’, डिएसपी खाँडले बताए।

    प्रतिकृया दिनुहोस्