News Portal

  • नेकपा महासचिव विप्लब सी , प्रवक्ता प्रकाण्ड र प्रधानमन्त्री प्रचण्ड बीच भेटवार्ता

    जनगर्जन संवाददाता२०८० चैत्र ७
    १३६ पटक

    पृथ्वी लोहार
    ७ चैत, काठमाडौ । वर्तमान नेपाल सरकारका प्रधानमन्त्री पुष्प्कमल दाहाल (प्रचण्ड ) नेपाल कम्युनिस्ट पार्टी का महासचिव विप्लव सी र प्रवक्ता प्रकाण्ड सी बिच प्रधानमन्त्री कार्यालय बालुवाटारमा आज दिउँसो ३:३० बजे भेटवार्ता सम्पन्न भएको छ ।

    भेटवार्ता तथा बैठक करिब एक घण्टासम्म चलेको थियो। उक्त भेटवार्ता तथा बैठकको अन्तिममा नेकपा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली को समेत उपस्थिति भएको थियो ।

    उक्त बैठकमा वर्तमान नेपाल सरकारको बनेको सरकारी गठबन्धनको विषयमा छलफल तथा सल्लाह सुझाव भएको थियोे । देशमा देखिएका विभिन्न किसिमका राजनीतिक संकटहरू, राजनीतिक दलको अनियमितता भ्रष्टाचार दलालीकरण तथा देशमा घटेका घटनाहरू, हत्या हिंसा बलात्कार, अपराध, लागु औषध नियन्त्रण, लघुवित्त तथा सहकारी पीडितहरूलाई न्यायोचित तरिकाले कसरी जाने भन्ने विषयमा गम्भीर रूपमा छलफल भएको थियो।

    बैठकको अन्तिम चरण को समयमा पुग्दा नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा वलीको पनि सहभागिता रहेको थियो। वर्तमान सरकारी गठबन्धन र यसले राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा परेको प्रभाव सकारात्मक रहेको र आगामी दिनमा यी सरकारी गठबन्धन टिक्नुपर्ने र सम्पूर्ण कम्युनिष्टहरू धुर्वीकरण हुनुपर्ने भन्दै नेकपा का महासचिव विप्लव सी र प्रकाण्ड सी ले नयाँ गठबन्धनलाई बधाई तथा शुभकामना दिएका थिए ।

    समाजवादी मोर्चा नेपालको आगामी योजना तथा बैठकको बारेमा पनि महत्त्वपूर्ण छलफल भएको र आगामी बैठक छिट्टै बस्नुपर्ने समाजवादी मोर्चाले देशैभरि गर्नुपर्ने आगामी कार्यहरू छिटोभन्दा छिटो बैठक बसी कार्यान्वयन तिर जानुपर्ने विषयमा पनि गम्भीर रुपमा छलफल र बहस भएको भेटवार्ता तथा बैठकमा उपस्थित नेकपाका प्रवक्ता प्रकाण्ड सी ले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्