News Portal

  • निसिखोला बस दुर्घटनामा पत्रकार विक्रम परियार को मृत्यु

    जनगर्जन संवाददाता२०८० चैत्र ६
    ७१ पटक

    चैत ६, काठमाडौ । बागलुङको निसीखोला गाउँपालिकामा भएको बस दुर्घटनामा रुकुमका पत्रकार विक्रम परियारको निधन भएको छ।

    रुकुम पश्चिमबाट मध्यपहाडी लोकमार्ग हुँदै काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बागलुङको सोमबार दुर्घटना हुँदा अन्नपूर्ण पोष्टमा कार्यरत पत्रकार परियारसहित ९ जनाको मृत्यु भएको हो।

    परियार नेपाल पत्रकार महासंघ जिल्ला शाखा रुकुम पूर्वका सहसचिव र प्रेस सेन्टरको उपाध्यक्षसमेत थिए। उनी राष्ट्रिय दलित पत्रकार संघको राष्ट्रिय महाधिवेशनमा सहभागी हुन काठमाडौं जाँदै गर्दा दुर्घटनामा परेका हुन् ।

    प्रतिकृया दिनुहोस्