News Portal

  • कपिलवस्तुको शिवगढीमा २६ औं सांस्कृतिक प्रतिरोध दिवस मनाइयो

    जनगर्जन संवाददाता२०८० चैत्र ५
    १०६ पटक

    चैत ५ कपिलवस्तु । २६ औं प्रतिरोध सांस्कृतिक दिवस कपिलवस्तुको शिवगढी मा सम्पन्न भएको छ । नेकपा निकट अखिल नेपाल जनसांस्कृतिक महासंघ पश्चिम् लुम्बिनी ब्युरोद्धारा आयोजित कार्यक्रममा अनेकोट र भावाङमा सहादत महान सांस्कृतिक सहिदहरुको स्मरण गरिएको थियो ।

    कार्यक्रम सन्चालनआरोह सी ले गर्दै जनयुद्धमा सांस्कृतिक क्षेत्रबाट महत्वपूर्ण योगदान भएको बताउदै उनीहरुको सपना नेपाली विशेषताको समाजवादबाट हुने बताए । उनले जनयुद्ध र जनक्रान्तिका सम्पूर्ण सहिदहरुलाई राष्ट्रिय सहिद घोषणा गर्नुपर्ने बताए ।

    त्यसैगरी पश्चिम ब्यूरो इन्चार्ज सन्जिव सीले नेपाली जनताको साथ सहयोग र उनोहरुको योगदानले नै आज पार्टी यो अबस्थामा आईपुगेको छ र यो अवस्थामा आइपुग्नको लागि धेरै जना शहिद हुनुभएको छ बेपत्ता हुनुभएको छ उनिहरु को सपना पूरा गर्नका लागि नेपाली विशेषताको समाजवाद आवश्यक रहेको हुँदा हामी सबै हातेमालो गरेर सहिद तथा बेपत्ता हरुको सपनालाइ पूरा गर्नुपर्ने कुरामा जोड दिए।

    कार्यक्रममा उपस्थिति पोलिट ब्यूरो सदस्य संजिव सी
    असल सी ,बिजय सी ,सि सि एम पश्चिम कपिलवस्तु जिल्ला इन्चार्ज हेमन्त सी ,सुशील सी ,जिल्ला सचिव पालेल सि लगाएत केन्द्रीय प्रतिनिधि सदस्य हरुको पनि उपस्थित रहेको थियो।

    कार्यक्रममा पश्चिम लुम्बिनी ब्यूरो सामना परिवारको बेजोड सास्कृतिक प्रस्तुती रहेको थियो ।।

    प्रतिकृया दिनुहोस्