News Portal

  • पक्राउ पछि कृष्ण बहादुर महरा अस्पताल भर्ना

    जनगर्जन संवाददाता२०८० चैत्र ५
    ५६ पटक

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरालाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ।

    जिल्ला अदालत काठमाडौँले सुन तस्करी प्रकरणमा पक्राउ परेका महराको उपचारको व्यवस्था गर्न आदेश दिएसँगै उनलाई नर्भिकमा भर्ना गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)का प्रवक्ता एसपी होविन्द्र बोगटीले जानकारी दिए ।

    सोमबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले महरालाई पक्राउ गरेर उनलाई हिरासतमा राख्न अनुमति माग गर्दै काठमाडौँ जिल्ला अदालत पेस गरेको थियो ।

    जिल्ला अदालत काठमाडौँले उनलाई ४ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिँदै स्वास्थ्य अवस्थाका कारण अस्पतालमा राख्न आदेश दिएको थियो । अदालतमा महराले आफूले विभिन्न ८ प्रकारका औषधि खाँदै आएको र स्वास्थ्य अवस्था ठिक नभएकाले अस्पतालमा बस्नुपर्ने आवश्यकता रहेको बताएका थिए ।

    प्रतिकृया दिनुहोस्